जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले द्वितीय विश्वयुद्वमा आणविक बमले ध्वस्त जापानको हिरोसिमा स्मृति पार्क र संग्रहालय अवलोकन गरेका छन्।
![](https://images.nagariknewscdn.com/third-party/1659852268_IMG_6702.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1659852327_IMG_6701.jpg)
दाहालले आइताबार बिहान भ्रमण टोलीका सदस्यहरु र पार्टीको जापानस्थित भातृसस्था नेपाली जनप्रगतिशिल मंच जापानका पदाधिकारीसहित संग्रहालय भ्रमण गरेका हुन्।
दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो। उक्त बम हमलामा हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको छ।
दाहाल हिरोसिमा भ्रमणबाट आजै टोकियो पुग्ने र साँझ नेपाली जनप्रगतिशिल मंच जापानले आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनेछन्।
प्रकाशित: २२ श्रावण २०७९ ०६:०१ आइतबार