६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरे मतदान

उनले रौतहट सदरमुकाम गौर श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन्।

माधव नेपाल र प्रभु साहले गरे एकअर्कालाई समर्थन

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्तापक्षीय गठबन्धनबाट उम्मेदवार माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरेका छन्।

नेपालसँग प्रतिस्पर्धा गर्दै गुप्ता

कुनै बेला काठमाडौं र रौतहट दुवै जिल्लाबाट निर्वाचन जितेका उनी अहिले गृह जिल्लाबाट मात्र उम्मेदवार बनेका छन्। यसपटक रौतहट १ बाट उम्मेदवारी दिएपछि उनले आफूलाई जन्मघर फर्केर आएको अनुभूति भएको बताएका थिए। त्यहाँ उनको पुख्र्यौली घर छ।

एमालेले गरेको भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगेको छः माधव नेपाल

‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्। यो त संकलन गर्नुपर्छ। केके बोले अहिलेसम्म। झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो।'

निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : अध्यक्ष नेपाल

जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताए।

माधव नेपाललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार रेवन्त झा गरे नेकपा एसमा प्रवेश

नेता झा माधव नेपाललाई समर्थन जनाउँदै आजैदेखि सँगसँगै चुनावी प्रचारमा पनि होमिएका छन्। नेता नेपालले झालाई माला लगाएर स्वागत गरेका थिए। सँगसँगै बसेर सञ्चारकर्मीसँग नेता नेपाल र झाले सम्वाद पनि गरेका छन्।

प्रतिगमनविरूद्वको मोर्चा कर्णालीबाट सुरूवात भएको हो: माधव नेपाल

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘त्यहीँ बेला यहाँका वीर योद्वाहरूले खेलेको भूमिकाले नयाँ सन्देश दियो, प्रतिगमनमाथि ब्रेक लाग्यो।’

माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगको पत्राचार

आयोगले उनलाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

गणतन्त्र मास्ने अभियान सुरु हुन लाग्दा हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँः माधव नेपाल

'दुई-दुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो', उनले भने, 'त्यसको विपक्षमा हामी उभियौँ, संविधान र लोकतन्त्र पनि जोगायौँ।'

रौतहटमा माधवकुमार नेपाल र प्रभु साह सेफ जोनमा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका छन्। नेता नेपालको गृह नगर गौर नगरपालिका रहेको क्षेत्र रौतहटको क्षेत्र नम्बर १ हो। रौतहट क्षेत्र नम्बर १ मा पर्ने सबै पालिकाका प्रमुखहरु नेता नेपालसँगै छन्।

माधवकुमार नेपालले गराए मनोनयन दर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले मुख्य निर्वाचन कार्यालयमा पुगेर पहिलो नम्बरमा नै मनोनयन दर्ता गराएका हुन्।

माधव नेपालको ठोकुवा: आगामी निर्वाचनबाट देशमा गठबन्धनको सरकार बन्छ

गृह जिल्ला रौतहटको माधव नारायण नगरपालिकामा विभिन्न सडकको संजालको शिलान्यास गर्दै अध्यक्ष नेपालले गठबन्धनका शीर्ष नेताको उम्मेदवारको टुंगो नलागेकोले आफूले कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने घोषणा नगरेको बताए।

उठेर दुई कदम हिड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकाक्षां राखेका छन्ः माधव नेपाल

‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?’ ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस् हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ’, नेपालले भने।

समानुपातिकमा २० लाख मत पाउँछौँ: अध्यक्ष नेपाल

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे।

अब काठमाडौँमा बस्ने होइन, बस्तीबस्तीमा जाने होः माधव नेपाल

‘अब हामीले चुनावमा लाग्नुछ। चुनावका लागि नै संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। अब काठमाडौँ र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्तीमा जाने हो। त्यसका निम्ति को उठ्यो? ठूलो कुरा होइन। हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन्? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं। त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन। समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्