६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माधव नेपालको ठोकुवा: आगामी निर्वाचनबाट देशमा गठबन्धनको सरकार बन्छ

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचनबाट देशमा गठबन्धनको सरकार बन्ने ठोकुवा गरेका छन्।  

गृह जिल्ला रौतहटको माधव नारायण नगरपालिकामा विभिन्न सडकको संजालको शिलान्यास गर्दै अध्यक्ष नेपालले गठबन्धनका शीर्ष नेताको उम्मेदवारको टुंगो नलागेकोले आफूले कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने घोषणा नगरेको बताए।  रौतहटबाट चुनाव लड्ने संकेत गर्दै नेता नेपालले भने, ‘म तपाईंहरुको साथमा छु, तपाईंहरु मेरो साथमा हुनुहुन्छ।’  

उनले गठबन्धन सरकारले केही नगरेको आरोपलाई खन्डन गर्दै देशलाई र संविधानलाई बचाएको वर्तमान गठबन्धन सरकारले निकै महत्वपूर्ण कार्यहरु गरेको बताएका छन्।

देशमा पाँच दलको गठबन्धन आवश्यकता रहेको बताउँदै नेता नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचनबाट देशमा गठबन्धनको सरकार बन्ने ठोकुवा गरेका छन्। नेपालले पाँच दल मिलेर देशको नीति निर्माण तथा विकासको कार्यलाई आगामी दिनमा अझ अगाडि बढाइने बताएका छन्। गढीमाई नगरपालिकाको सिंगारमनमा पनि नेता नेपालले विभिन्न सडकको शिलान्यास गरेका छन्।

नेता नेपालले मेचीदेखि महाकालीसम्म रेलको लाइन बनाउने, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तथा निजगढ – काठमाडौँ फास्ट ट्रयाक निर्माणले तराई मधेसका साथै गृह जिल्ला रौतहटलाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने करिब निश्चित भएको र आन्तरिक तथा प्राविधिक प्रक्रिया पूरा गरी विमानस्थलको काम छिटो अगाडि बढ्ने बताएका छन्।

नेता नेपालको निर्वाचनबाट क्षेत्रबाट प्रदेश सभाको लागि गठबन्धनबाट उम्मेदवार बन्ने चाहना राखेका प्रदेश सभापति यादवले नेपालमार्फत् नेपालको जवानी र पानीलाई खेर जान नदिनु गठबन्धनको सरकार र शीर्ष नेताहरुसित आग्रह गरेका छन्।

प्रकाशित: ८ आश्विन २०७९ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App