१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आज टुँडिखेलमा श्रद्धाञ्जली

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितलाई श्रद्धाञ्जली दिन शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा शव राखिने भएको छ। पोस्टमार्टम गर्न बिहीबार समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान सारिएको हो।

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् । स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

हेलिकोप्टर दुर्घटना (अपडेट) : मौसममा सुधार आएपछि शव काठमाडौं ल्याइने तयारी

मौसममा सुधार आएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको सव हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ।

‘खराब मौसमका कारण दुर्घटना’

एयर डाइनेस्टीको कलसाइन एएस ३५० भएको हेलिकोप्टरका पाइलट थिए– प्रभाकर केसी। बुधबार बिहान ८ बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको टोलीलाई लिएर उनी तेह्रथुम उडे। चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली काम सकेर ताप्लेजुङको पाथिभरा मन्दिर पुग्यो।

हेलिकोप्टर दुर्घटना (अपडेट) : पानी र हिमपातले शव काठमाडौं ल्याउन समस्या

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं पठाउन समस्या भएको छ। शव सुकेटार ल्याइपुर्याएको केहि समयपछि नै पानी र हिमपातसँगै कालो बादलले आकास ढाकेपछि शव पठाउँन समस्या भएको हो।

राष्ट्रिय शोकको घोषणा, आज सार्वजनिक बिदा

मा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन बिहीबार सार्वजनिक बिदाको निर्णय पनि गरेको छ। दुर्घटनामा परी निधन भएका सातैजनाको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णयसमेत गरिएको छ। बैठकले शोक प्रस्ताव पारित गरेको जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले सरकारले देशभित्र र विदेशमा रहेका नेपाली नियोगहरूमा शोक मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी दिए।

हेलिकप्टर दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दै कांग्रेसले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।

हेलिकप्टर दुर्घटनापछि मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाइयाे

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदकाे बैठक बालुवाटार बोलाएका छन्। दुर्घटनाकाे  खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले बैठक बाेलाएका हुन्।

भिभिआइपीलाई चार महँगा हेलिकोप्टर

नेपाली सेनाले भिभिआइपी (विशिष्ट) का लागि चारवटा महँगा हेलिकोप्टर खरिद गर्ने भएको छ। सेनाले अघि बढाएको दीर्घकालीन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ। तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ।

डेढ अर्बको हेलिकोप्टर, सुत्केरी बोक्न पनि प्रयोग हुने

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन्।

भिभिआइपीलाई हेलिकोप्टर : खरिद प्रक्रियामै त्रुटि, अस्वाभाविक महँगो

भिभिआइपी उडानका लागि भन्दै भित्र्याइएको अगस्टा वेस्टल्यान्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि भेटिएको छ। काठमाडौं आइपुगेको उक्त हेलिकोप्टर भिभिआइपीको सवारीका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो।

व्यावसायिक उडान रोक्ने सरकारको तयारी

वातावरणीय क्षेत्रमा असर पारेको भन्दै अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा हेलिकोप्टर उडान र अवतरणमा गत भदौदेखि रोक लगाएको थियो। तर, हेलिकोप्टर कम्पनीले गाँउपालिकाको निर्देशन अटेर गर्दै नियमित उडान गरिरहेका छन्।

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

तीन दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा जन्मिन नसकेर अप्ठ्यारोमा परेकी एक महिलाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ।

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्। इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए।

हिल्साबाट नेपालगञ्ज लगियो मनाङ एयरको हेलिकोप्टर

गत साउन २९ गते हुम्ला र चीनको सीमानामा रहेको हिल्सास्थित हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टर झुण्डाएर मंगलबार नेपालगञ्ज लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्