१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिल्साबाट नेपालगञ्ज लगियो मनाङ एयरको हेलिकोप्टर

हुम्ला– गत साउन २९ गते हुम्ला र चीनको सीमानामा रहेको हिल्सास्थित हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टर झुण्डाएर मंगलबार नेपालगञ्ज लगिएको छ।

मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई श्री एयरको ठूलो हेलिकोप्टरले हिल्साबाट झुण्ड्याएर  नेपालगञ्ज लगिएको हो। नाम्सका गाउँपालिकाको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पंखाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएपछि नागरिक उड्डयन प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो। पछाडिको पंखाले लागेर मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो।

प्राधिकरणले उडान प्रतिबन्ध खुला गरेको १ महिनापछि मनाङ एयर हेलिकप्टरको बडिलाई मंगलबार श्री एयर लाइन्सको एमआई सेभेन्टिन हेलिकप्टरले झुण्डाएर नेपालगञ्ज लगेको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App