४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हेलिकोप्टर दुर्घटना (अपडेट) : मौसममा सुधार आएपछि शव काठमाडौं ल्याइने तयारी

ताप्लेजुङ – मौसममा सुधार आएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको सव हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ।

बर्षा, हिमपात र कुहिरोले आकास ढाकेर मौसममा आएको खराबीले सुकेटार एयरपोर्टमा राखिएका शवलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने अन्तिम तयारी गरिएको छ।

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएपछि उनीहरूको शव संकलन गरी अहिले बिहान मात्र घटनास्थलबाट सुकेटार एयरपोर्टसम्म ल्याइएको थियो।

हिजो साँझ ४ र आज बिहान ३ गरी दुर्घटनामा मृत्यु भएका सातैजनाको शव सुकेटारमा ल्याइपुर्याइएको केहि समयपछि नै बर्षा, हिमपात र कुहिरोले अवरोध गरेपछि त्यत्तिकै राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मौसम खुलेको र हेलिकोप्टरका चालक दलका सदस्यले खाना खाए लगत्तै शवहरू काठमाडौं पठाउने तयारी गरिएको जनाए।

शवको परीक्षण यहाँ सम्भव नभएपछि जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामा सहित जिल्ला सुरक्षा समितिको सुकेटारमै बसेको बैठकले शव परीक्षण नै नगरी काठमाडौं पठाउने निर्णय गरेको थियो।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App