८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने व्यक्ति काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय पुरुष छन्।

क्वारेन्टिनमै आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

गत १७ गते क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार मृतकको स्वाब भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो ।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ।

सिन्धुपाल्चोकमा एक वर्षे बालिकासहित तीन संक्रमित थपिए

सिन्धुपाल्चोकमा एक वर्षीया बालिकासहित तीन कोरोना संक्रमित थपिएका छन्। योसमेत जिल्लामा संक्रमितको संख्या ३५ पुगेको छ। इन्द्रावती गाउँपालिका–१२ की एक वर्षीया बालिका तथा २३ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। उनका अनुसार बालिका आमाबुबासँगै भारत तथा दुई पुरुष स्याङ्जा जिल्लाबाट फर्केका थिए।

अभिशप्त सदाहरू र निर्लज्ज सरकार

सरकार हरेक संवेदनशील विषयलाई उपेक्षा गर्दैछ। त्यसैले कोरोनाले भन्दा सरकारको उपेक्षाले जनताको ज्यान लिँदैछ।

उपत्यकामा बढ्यो जोखिम

काठमाडौं उपत्यकामा केही दिनदेखि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। केही दिनयता संक्रमितको संख्या बढ्दै गइरहेका बेला बिहीबार मात्र उपत्यकामा ३२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुर र भक्तपुरका २/२ जना छन्।

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङमा कोरोना भाइरस (कोभिड–१९)का एक जना संक्रमित थपिएका छन् । बहराईनबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३० वर्षीय युवालाई कोरोना संक्रमण पूष्टी भएको हो ।

उपत्यकामा कोरोना संक्रमण जोखिम बढ्यो

काठमाडौं उपत्यकामा केही दिनदेखि दैनिक वृद्धि भइरहेको कोरोना संक्रमण बिहीबार एकैदिन ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

आइसोलेसन सेन्टरमा नाचगान

कतिपय आइसोलेसनमा विरामीको भीड भएको बेला बाग्लुङको एक आइसोलेसनमा भने गीत र नृत्यको व्यवस्था गरिएको छ । जिल्लाको गल्कोट नगरपालिकाको आइसोलेसनमा बस्ने संक्रमितहरुको हरदिन संगीत र नृत्यमा झुम्दै बित्छ । ‘आइसोलेसनमा बस्दा उमेरका युवाहरु नाच्थे, हामी हेथ्र्यों, दिन काटेको पत्तै भएन’ दुई दिनअघि मात्रै डिस्चार्ज भएका स्थानीय ४० वर्षीय एक पुरुषले भने ।

कोरोना संक्रमित युवा ४५ दिन देखि आइसोलेसनमा

कोरोना संक्रमितमा लक्षण नदेखिए १४ दिन आइसोलेनमा राखेर घर जान दिने नया सरकारी निर्देशिका जारी भएको बेला कपिलवस्तुमा भने दुई युवाको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्कर ४५ दिन अघि आफ्नो घर फर्केका शिवराज नगरपालिकाका दुई युवाको तीन पटक पिसिआर जाच पछि अझै पोजेटिभ रिपोर्ट आएको हो ।

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका–४ का ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताए ।

उपत्यकाका ३२ जना सहित थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३२ जना उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्