२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

डी सिल्भाद्वारा मिलेमतो अस्वीकार

‘हामी सन् २०११ को विश्वकप क्रिकेट फाइनलमा सधैं मिलेमतो थियो भन्ने झुटो आरोपको खण्डन गर्दै बस्न सक्दैनौं। यो निराधार आरोप हो र आरोपको बारेमा निष्पक्ष छानबिन हुन आवश्यक छ। म आइसिसी, बिसिसिआई र एसएलसीसँग छानबिनको माग गर्दछु।’

दाताले दिएको जग्गामा क्रिकेट मैदान निर्माण गरिदैँ

स्याङजाको गल्याङ नगरपालिका–९ बेलचौरमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ । भूमी सुधार मन्त्री पद्मा अर्यालले उपलब्ध गराएको संसद क्षेत्र विकास कोषको १० लाख रुपैयाँबाट क्रिकेट मैदानको लागि जमिन सम्याउने काम सुरु गरिएको छ ।

विश्वकप २०११ मा खेलमिलेमतो

‘म तपाईंहरूलाई आज यो भन्दै छु, हामीले सन् २०११ को क्रिकेट विश्वकपको फाइनल बेच्याैँ । म खेलकुदमन्त्री हुँदा पनि यो घटना भयो ।’

उचाइ फर्काउने लक्ष्य

पिसिबीले उक्त योजना बोर्ड अफ गभर्नरद्वारा स्वीकृत गराएको छ, जसमा मुख्य चार सिद्धान्त जबाफदेहिता, पारदर्शिता, नैतिकता र व्यावसायिकता अवलम्बन गरिएको छ ।

धरानमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै

फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरुको सहर हो धरान । यहाँका थुप्रै खेलाडीहरु राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरमा खेलिसकेका छन् । धरानलाई मिनि ब्राजिल पनि भनिन्छ । मिनि ब्राजिलका युवाहरुमा क्रिकेट खेलप्रति आकर्षण पनि बढ्दो छ ।

श्रीलंकामा आइपिएल हुन सक्छ : गावस्कर

ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा हुने सम्भावना जीवन्त रहँदा चर्चित ब्याट्सम्यान गावस्करले आइपिएल श्रीलंकामा हुने सम्भावना रहेको बताएका हुन् । ट्वान्टी–२० विश्वकप क्रिकेट अक्टोबर १८ देखि नोभेम्बर १९ सम्म हुने तालिका छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले अझै महामारीको रूप नलिए विश्वकप हुने सम्भावना रहेको छ ।

इङ्ल्यान्डमा आफूहरू सुरक्षित : होल्डर

जुलाई ८ बाट सुरु हुने तीन टेस्ट शृंखलाका लागि वेस्ट इन्डिज क्रिकेट टोली मंगलबार इङ्ल्यान्ड भ्रमणमा आइपुगेको हो । कोरोना भाइरसका कारण भएको लकडाउनपछि अन्तर्राष्ट्रिय खेलका लागि भ्रमणमा निस्किने वेस्ट इन्डिज पहिलो टोली हो । होल्डरले शृंखला खेल्न आफूहरूलाई कुनै दबाब नभएको बताएका छन् ।

वेस्ट इन्डिज क्रिकेट टोली इङ्ल्यान्डतर्फ

इङ्ल्यान्डसँग हुने टेस्ट क्रिकेटसँगै कोरोना भाइरसका कारण स्थगित भएको खेलकुद गतिविधि फर्किएको वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले मंगलबार बताएका छन् ।

ट्वान्टी २० क्रिकेट विश्वकप २०२३, अमेरिकाले आयोजना दाबी गर्ने

संयुक्त राज्य अमेरिकाले सन् १९९४ मा विश्वकप फुटबलको सफल आयोजना गरिसकेकाले अमेरिकी क्रिकेट संघले ट्वान्टी २० क्रिकेट विश्वकपका लागि पनि आयोजना दाबी गर्ने बताएको छ।

महामारीपछि प्रतिबन्ध फुकुवा हुन्छ : कुम्बले

भारतीय क्रिकेटर अनिल कुम्बलेले कोरोना भाइरसको महामारीपछि टेस्ट क्रिकेटमा बल चम्काउन थुक प्रयोग गर्ने प्रावधानमाथिको प्रतिबन्ध फुकुवा हुने अपेक्षा गरेका छन् ।

राबाडाको उत्साह

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो राबाडाले राष्ट्रिय टोलीबाट खेल्न अझै दृढ रहेको बताएका छन् । २०१९–२०२० सिजन गतिलो बनाउन नसकेका राबाडा इङ्ल्यान्डविरुद्धको टेस्ट दौरान विकेट लिएको खुसीयाली मनाउँदा खेल भावनाविपरीत गएको भन्दै एक टेस्ट प्रतिबन्धमा परेका थिए ।

भत्तामा ५० प्रतिशत कटौती

क्रिकेट वेस्ट इन्डिजले जुलाईमा टेस्ट शृंखलाका लागि सैद्धान्तिक सहमति दिएको छ, तर त्यसका लागि खेलाडी र कर्मचारीको भत्तामा ५० प्रतिशत कटौती गरिने पनि जनाएको छ ।

सोमबारबाट श्रीलंकाली टोली अभ्यासमा

सबैखाले खेलकुद गतिविधि ठप्प भएसँगै स्थगित भएको क्रिकेट अभ्यासका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउँदै अभ्यासमा फर्किने श्रीलंकाको क्रिकेट निकायले जनाएको हो । मार्च १३ तारिखका लागि इङ्ल्यान्डसँग तय भएको खेलतालिका कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

अस्ट्रेलियाद्वारा खेलतालिका सार्वजनिक

कोरोना भाइरसका कारण क्रिकेट गतिविधि ठप्प भएको अवस्थामा अस्ट्रेलियाले भारत, जिम्बाब्वे, वेस्ट इन्डिज र अफगानिस्तानसँगको खेलतालिका बिहीबार सार्वजनिक गरेको छ । आगामी अक्टोबर र नोभेम्बर महिनामा पुरुष ट्वान्टी–२० विश्वकप आयोजक अस्ट्रेलियाले विश्वभर क्रिकेटको माहोल फर्काउनका लागि भारतलगायतका चार देशसँगको तालिका सार्वजनिक गरेको हो ।

फेदीखोलामा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण गरिदैं

पोखरामा बैकिल्पक क्रिकेट मैदान छैन । गण्डकी प्रदेशमा आगामी फागुन २० देखि २७ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । प्रदेशको राजधानी पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्