२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

वेस्ट इन्डिज क्रिकेट टोली इङ्ल्यान्डतर्फ

खेलकुद गतिविधि फर्कियो : होल्डर

इङ्ल्यान्डसँग हुने टेस्ट क्रिकेटसँगै कोरोना भाइरसका कारण स्थगित भएको खेलकुद गतिविधि फर्किएको वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले मंगलबार बताएका छन् ।

जुलाई ८ तारिखदेखि इङ्ल्यान्डमा हुने टेस्ट शृंखलाका लागि वेस्ट इन्डिज टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेसँगै कप्तान होल्डरले क्रिकेट एक कदम अगाडि बढेको बताएका हुन् । यस्तै उनले लामो प्रतीक्षामा रहेका दर्शकले प्रत्यक्ष रूपमा खेल हेर्न पाउने चाहना पनि छिट्टै पूरा हुने बताएका हुन् । यसअघि इङ्ल्यान्डका कप्तान जो रुटले वेस्ट इन्डिजको इङ्ल्यान्ड भ्रमण क्रिकेटका लागि नयाँ अध्याय हुने बताएका थिए । कोरोनाका कारण कठिन भएको अवस्थामा वेस्ट इन्डिजले भ्रमण गर्नु क्रिकेट सुचारु गर्ने नयाँ कदम भएको बताएका हुन् ।

वेस्ट इन्डिज क्रिकेट टिम टेस्ट सिरिज खेल्न मंगलबार बिहान एन्टिगुवाबाट प्रस्थान गरेको हो । भ्रमण गर्नुपूर्व वेस्ट इन्डिजले खेलाडीहरूको गत साता कोरोना परीक्षण गरेको थियो । सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको थियो । इङ्ल्यान्ड क्रिकेट बोर्डको खर्चमा खेलाडीहरू प्राइभेट चार्टर प्लेनमा म्यानचेस्टरतर्फ प्रस्थान गरेका हुन् । शृंखला जुलाई ८ देखि सुरु हुनेछ भने शृंखलाका सबै खेल बन्द रंगशालामा हुने तालिका  छ ।

सात साता इङ्ल्यान्डमा रहने वेस्ट इन्डिज टोलीले त्यहा रहँदा सुरक्षित वातावरणमा बस्ने, अभ्यास गर्ने र ३ वटा टेस्ट खेल्नेछ ।

इङ्ल्यान्डको म्यानचेस्टर पुगेपछि पुनः वेस्ट इन्डिज टोलीको कोरोना परीक्षण गरिने तालिका छ । सात साता इङ्ल्यान्डमा रहने वेस्ट इन्डिज टोलीले त्यहा रहँदा सुरक्षित वातावरणमा बस्ने, अभ्यास गर्ने र ३ वटा टेस्ट खेल्नेछ ।

‘महामारीपछि हुन लागेको शृंखला क्रिकेट खेललाई अघि बढाउन ठूलो कदम हुनेछ । नयाँ परिस्थितिमा खेल्नका लागि निकै तयारी गरेका छौं,’ वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले भने, ‘सुचारु हुन लागेको शृंखलामा सबैको समर्थनले म हर्षित छु । सबैको साथले मलाई प्रेरणा मिलेको छ ।’

शृंखलाअन्तर्गत भ्रमणकारी टोली वेस्ट इन्डिजले विस्डन ट्रफी सिरिजअन्तर्गत तीन टेस्ट खेल्नेछ । शृंखलाको पहिलो टेस्ट जुलाई ८ बाट साउथह्याम्पटनमा हुनेछ । दोस्रो र तेस्रो टेस्ट म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा हुनेछ ।

भ्रमणमा हाल भारतमा रहेका ब्याटिङ प्रशिक्षक मोन्टी देसाई टोलीसँग रहने छैनन् भने उनको स्थानमा फ्लोयड रिफर सम्मिलित हुनेछन् । यस्तै भारतीय टिम एनालिस्ट एआर श्रीकान्थले भारतबाटै काम गर्नेछन् ।

प्रकाशित: २९ जेष्ठ २०७७ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App