coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इङ्ल्यान्डमा आफूहरू सुरक्षित : होल्डर

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले इङ्ल्यान्ड आगमनपछि आफू र आफ्नो टोलीले सुरक्षित महसुस गरेको बताएका छन् ।

जुलाई ८ बाट सुरु हुने तीन टेस्ट शृंखलाका लागि वेस्ट इन्डिज क्रिकेट टोली मंगलबार इङ्ल्यान्ड भ्रमणमा आइपुगेको हो । कोरोना भाइरसका कारण भएको लकडाउनपछि अन्तर्राष्ट्रिय खेलका लागि भ्रमणमा निस्किने वेस्ट इन्डिज पहिलो टोली हो । होल्डरले शृंखला खेल्न आफूहरूलाई कुनै दबाब नभएको बताएका छन् ।

‘धेरै समर्थक र क्रिकेटका सरोकारवाला निकायहरू क्रिकेट गतिविधि फर्किएको हेर्न चाहन्थे,’ होल्डरले भने, ‘शृंखलाका लागि निस्कँदैमा हामी दबाबमा थियौं भन्ने हुँदैन । हामीले यसअघि नै इङ्ल्यान्ड भ्रमणको तयारी गरेका थियाै‌ । कोरोना भाइरसको डरका कारण त्यो पछि सरेको मात्र हो । हामी पूर्वनिर्धारित भ्रमणकै सिलसिलामा आएका हौं । तीन महिना रोकिएको क्रिकेट गतिविधि पुनः सुचारु गर्न हामी सबै सरकोकारवाला निकायसँगको समन्वयमा यहाँ आएका हौं । हामीले यहाँ सहज महसुस गरिरहेका छौं ।’

कोरोना भाइरसको महामारीका कारण विश्वभर मार्च १३ पछि कुनै क्रिकेट गतिविधि भएको छैन । क्यारिबियनमा कोरोना भाइरसका कारण केही मानिसले ज्यान गुमाए पनि इङ्ल्यान्डको तुलनामा त्यो निकै कम हो । इङ्ल्यान्डमा कोरोनाका कारण ४० हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

‘हामी पैसाका लागि आएका होइनांै । हामी सुरक्षा चाहन्छौं र हामीलाई राम्रो व्यवहार होस् भन्ने चाहन्छौं । आशा छ हामीले यी सबै यहाँ पाउनेछौ,’ होल्डरले भने, ‘कोरोनाविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले एक समय पनि आराम गर्न पाएका छैनन् । उनीहरूकै कारण हामी घरमा सुरक्षित भएका हौं । उनीहरूप्रति विशेष सम्मान छ । हामी सहज जीवनतर्फ अघि बढिरहेका  र त्यसका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको योगादन अतुलनीय छ ।’

साउथह्याम्पटनमा जुलाई ८ देखि टेस्ट शृंखला सुरु हुनुअघि वेस्ट इन्डिजको सम्पूर्ण टोली तीन साताका लागि क्वारेन्टिनमा बसेको छ  । त्यहीं अभ्यासको व्यवस्था मिलाइएको छ । दोस्रो र तेस्रो टेस्ट भने ओल्ड ट्राफोर्डमा हुनेछ ।

२८ वर्षे होल्डरले इसिबीले टेस्ट शृंखलाका लागि गरेको तयारीको प्रशंसा गरे । ‘हामी यहाँ स्वस्थ र सुरक्षित महसुस गरिरहेका छाै‌,’ होल्डरले भने । होल्डरले अहिले विश्वभर जारी रंगभेदी दुव्र्यवहारका विरुद्ध भएको प्रदर्शनमा समर्थन रहेको बताए ।

अमेरिकी प्रहरी दमनमा अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अहिले विश्वभर उनको समर्थनमा प्रदर्शन भइरहेका छन् ।कोरोना भाइरसका कारण भएको लकडाउनपछि अन्तर्राष्ट्रिय खेलका लागि भ्रमणमा निस्किने वेस्ट इन्डिज पहिलो टोली हो ।

प्रकाशित: ३० जेष्ठ २०७७ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App