८ वैशाख २०८१ शनिबार
खेल

उचाइ फर्काउने लक्ष्य

पिसिबीको पाँच वर्षे रणनीतिक योजना

पाकिस्तान क्रिकेट बोड (पिसिबी) ले बोर्ड र टोलीको प्रदर्शनमा सुधार र विश्वसनीय बनाउने उद्देश्यले सोमबार पाँच वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ ।

बोर्डलाई विश्व क्रिकेटमा उत्कृष्ट र विश्वसनीय संस्थाको रूपमा स्थापित गर्ने उद्देश्यले पाँच वर्षे रणनीतिक योजना ल्याएको हो । पिसिबीले उक्त योजना बोर्ड अफ गभर्नरद्वारा स्वीकृत गराएको छ, जसमा मुख्य चार सिद्धान्त जबाफदेहिता, पारदर्शिता, नैतिकता र व्यावसायिकता अवलम्बन गरिएको छ । रणनीतिक र कर्पोरेट उद्देश्यका लागि ‘हाम्रो राष्ट्रलाई प्रेरित र एकीकृत गर्ने पञ्चवर्षे योजना’ भन्ने उक्त कार्ययोजनाको शीर्षक रहेको छ ।  पुरुष र महिला राष्ट्रिय टोली, उमेरसमूह र ग्रासरुट कार्यक्रमको संरचनामा सुधार गर्ने हेतुले योजनामा समावेश गरिएको छ ।

पिसिबीले उक्त योजना बोर्ड अफ गभर्नरद्वारा स्वीकृत गराएको छ, जसमा मुख्य चार सिद्धान्त जबाफदेहिता, पारदर्शिता, नैतिकता र व्यावसायिकता अवलम्बन गरिएको छ ।

तर, ती उद्देश्य कसरी प्राप्त हुन सक्छन् भन्ने पक्ष स्पष्टसँग पाँच वर्षे योजनामा उल्लेख गरिएको छैन । पिसिबीको विज्ञप्तिका अनुसार यो योजनाको कार्यप्रगति मासिक रूपमै दृढताका साथ अनुगमन गरिनेछ । ‘हामीले यो पाँच वर्षे योजना सन् २०१९ मै तयार गरेका थियौं । तर बोर्ड अफ गभर्नरद्वारा स्वीकृत हुन बाँकी थियो । 

यसको गत फेब्रुअरीमा आधिकारिक रूपमा हस्ताक्षर भइसकेको थियो र अहिले हामी यसलाई आधिकारिक रूपमै सार्वजनिक गर्न सक्षम भयौं,’ पिसिबीका प्रमुख कार्यकारी वसिम खानले योजना सार्वजनिक गर्दै भने, ‘सन् २०१९–२०२३ को योजनाको प्राथमिकता गत वर्षदेखि नै वितरण गर्ने प्रयास भएका थिए ।’

खेल आयोजनाका सरोकारवालालाई केन्द्रित गरिएको र समर्थकलाई खेलसम्म पुर्याउन रणनैतिक योजनामा समावेश गरिएको छ । पिसिबीले सन् २०१९ देखि नै सुधार र परिवर्तनका कार्यक्रम सुरु गरिसकेको खानको भनाइ छ । ‘उद्देश्यमा स्पष्टता र निर्णय लिन बोल्ड हुनु कुनै पनि कार्ययोजनाको विशेषता नै हुन्छ । हामीलाई विश्वास छ, यो योजनाले पाकिस्तान क्रिकेटलाई अगाडि बढाउन मद्दत गर्नेछ,’ खानल भने ।

पाकिस्तान क्रिकेटले विश्वभर नै प्राप्त भएको ख्यातिलाई फर्काउने, देशमा अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन, उच्च प्रदर्शनका लागि सेवासुविधा र महिला क्रिकेटमा विशेष किसिमको सुधार कार्यक्रम योजनामा समावेश गरिएको छ ।

प्रकाशित: ३ असार २०७७ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App