९ आश्विन २०८१ बुधबार
image/svg+xml

भक्तपुरमा अन्तर नगर पुरुष खो खो प्रतियोगिता सुरु

भक्तपुरमा शुक्रबारदेखि अन्तर नगर पुरुष खो खो प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने छ।

अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो

सोमबार कैलालीको नवबालवाटिका विद्यामन्दिरले सोमबार गुराँस एकेडेमीलाई हराउँदै सेमिफाइनलमा पुगेसँगै एलपिएलको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो।

मंगलबारदेखि पुष्पलाल स्मृति ब्याडमिन्टन

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।

विनेश र नविता च्याम्पियन

विनेश खनियाँ र नविता श्रेष्ठले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि शनिबार जितेका छन्।

लिटल फ्लावर प्रिमियर लिगको तयारी पूरा

धनगढीमा शनिबारबाट सञ्चालन हुने विद्यालयस्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को तयारी पूरा भएको छ।

तेस्रो टाईगर कप भलिबल: आर्मीलाई पराजित गर्दै महिलातर्फको उपाधि सशस्त्रलाई

टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाइनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो।

तेक्वान्दोका रोशनलाई स्वर्ण

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी तर्फको फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे।

धनगढीमा राष्ट्रिय ब्याडमिन्टन हुने

देशकै सर्वाधिक धनराशिको धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

फागुन ५ देखि दौश्रो भक्तपुर कप खुला फुटबल

भक्तपुर युवा टीम गोल्मढी भक्तपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो। आयोजक टीमले पत्रकार सम्मेलन गरी दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको हो।

च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ। त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघलाई सहयोग गरेका भेट्रान खेलाडी नरबहादुर गुरुङ र विशाल हिराचनलाई समेत सम्मान गरिएको थियो।

देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने

लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो।

एमेच्योर गल्फ आयोजना गर्न खुकुरी रमले धरान गल्फ क्लबलाई ११ लाख दिने

धरान गल्फ क्लबमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा प्रतियोगिता गर्न प्रालिले क्लबलाई एक बर्षको लागि ११ लाख रुपैया दिने उल्लेख छ। क्लबले कुनै पनि प्रतियोगिता गर्न पाएको यो अहिलेसम्मकै धेरै रकम हो।

साबिक विजेता एबिसीलाई हेटौँडा भेट्रान्सको उपाधि

शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै पोखराले लगातार उपाधि कब्जा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्