२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दोस्रो चरणको खोप वैशाख ७ बाट

सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ। अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ।

अनलाइन बजार दराजमा नयाँ वर्ष अभियान आउँदै

नयाँ वर्षको शुभ–अवसरलाई लिएर दराजले ग्राहकलाई आश्चर्यजनक डिलर, रमाइलो अफर, अनलाइन भुक्तानीमा विशेष छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर ल्याएको छ।

डिजिटल महाअभियानमा बढ्दो आकर्षण

काठमाडौंबाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले सुरु गरेको डिजिटल महाअभियान प्रभावकारी बन्दै गएको छ। सेवाग्राहीले बैंकबाट छिटोछरितो झन्झटरहित सेवा पाउने भएपछि उक्त अभियान प्रभावकारी बन्दै गएको हो।

डिजिटल महाअभियान बढ्दो आकर्षण

काठमाडौं बाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले सुरु गरेको डिजिटल महाअभियान प्रभावकारी बन्दै गएको छ। सेवाग्राहीले बैंकबाट छिटोछरितो बिना झन्झटिलो सेवा पाउने भएपछि उक्त अभियान प्रभावकारी बन्दै गएको हो।

‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान

बिहुँकोटमा बलि चढ्न थालेको २ सय वर्ष भयो। बिहुँकोटे राजाले दुई श्रीमती बिहे गरेको र दुई घरबार भएकाले बिहुँमा दुईवटा कोट छन्। तल्लो र उपल्लो कोटले चिनिने दुवै कोटमा बलि चढ्छ। अन्य शिवालय र मन्दिरमा भने बलि चढ्दैन।

सुर्खेतमा नेपाल बैंकको डिजिटल महाअभियान सुरु

काठमाडौं बाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले डिजिटल महाअभियान सुरु गरेको छ। वीरेन्द्रनगरमा आयोजित एक समारोहबीच नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले उक्त अभियानको शुभारम्भ गरेका हुन्।

कोरोना खोप अभियान स्थगित

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।

ओलीविरुद्ध नेपाल समूह राष्ट्रिय अभियानमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा गरेको निर्णय अमान्य र अस्वीकार्य भएको विश्लेषण गर्दै वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ रणनीति तय गर्न एक साताभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

दोस्रो खेप दिन सेरमको आनाकानी

भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो। भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो।

'मेक इन नेपाल अभियान' सरकारको हो : ओली

विश्वका केही मुलुकले जस्तै नेपाली निजी क्षेत्रले पनि ‘मेक इन नेपाल’ ब्रान्डमा सामान उत्पादन गर्ने अभियान सुरु गरेको छ। मुलुकका उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघले सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मेक इन नेपाल’ अभियान सुरु गरेको हो। दक्षिणी छिमेकी भारत, बंगलादेश, अस्ट्रेलियालगायत केही मुलुकहरूले लामो समयदेखि आफ्नै नाममा सामान उत्पादन र बिक्री गर्दै आएका छन्।

‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु गरिएको छ। यो अभियानअन्तर्गत एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ।

स्वदेशी पाहुनामार्फत पर्यटन ब्युँताउने प्रयास

अझै डेढ–दुई वर्ष तेस्रो मुलुकका पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन्। पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’मार्फत आन्तरिक पाहुनालाई पोखरा बोलाउन विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलाएको छ।

कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदैछ। खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ। सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ।

भोलिदेखि दोस्रो चरणको खोप अभियान सुरुः ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने

सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ।

कोभिड विरुद्धकाे दोस्रो चरणको खोपका लागि १५ केन्द्र तोकिए

५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ। खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्