२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अनलाइन बजार दराजमा नयाँ वर्ष अभियान आउँदै

अनलाइन बजार दराजले चैत २९ देखि नव वर्षको भव्य सेल–दराज नव वर्ष २०७८ सुरु हुने घोषणा गरेको छ। नयाँ वर्षको शुभ–अवसरलाई लिएर दराजले ग्राहकलाई आश्चर्यजनक डिलर, रमाइलो अफर, अनलाइन भुक्तानीमा विशेष छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर ल्याएको छ।

दराज नव वर्ष २०७८ को प्रमुख आकर्षणमध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ। जसमा ग्राहकले सीमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा एक हजारदेखि १५ सय रूपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ।

 डेबिट कार्डबाहकले एक हजारसम्म थप छुट बताइएको छ। क्रेडिट कार्डबाहकले १५ सय रूपैयाँसम्म थप छुट पाउनेछन्। पेमेन्ट पार्टनरमा नबिल, सानिमा, एनएमबि, मेगा, कुमारी, माछापुच्छ्रे, सन्राइज, स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंक छन्।

प्रकाशित: २४ चैत्र २०७७ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App