१ मंसिर २०८१ शनिबार
image/svg+xml

ऊर्जा र खानेपानीका लागि एडीबीको १६ अर्व ऋण

एसियाली विकास बैंकले खानेपानी र ऊर्जाका कार्यक्रमका लागि नेपाललाई १६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ।

प्रदेश राजधानीमा खानेपानी संकट, माग धेरै आपूर्ति कम

कर्णाली प्रदेशकोे राजधानी वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक एक करोड ५४ लाख २७ हजार पाँच सय लिटर खानेपानी आवश्यक पर्छ। वीरेन्द्रनगर उपत्यकाको हालको जनसंख्या १ लाख ८१ हजार पाँच सयको हाराहारीमा छ।

मेलम्ची अायाेजनाका गाडीमा पहुँचवालाको रजाइँ

तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए।

ट्याङ्की र  कलधारा मर्मतका लागि छुट्याइएको ३० लाख गायव

राणा प्रधानमन्त्री चन्द्र सम्सेरले ९५ वर्ष अघि निर्माण गरेको यहाँको एक खानेपानी ट्याङ्की र  कलधाराहरु मर्मतका लागि सरकारले छुटयाएको  ३० लाख रकम  बिचैमा  गायव पारिएको छ।

मेलम्चीले समय मागेपछि रोकियो कालोपत्रे

मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्रे गर्ने कार्य पछि धकेलिएको छ। धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडाैं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो।

दशकसम्म सकिएन खानेपानी आयोजना

सरकारले बर्सेनि ‘कनिका छरेझैं’ मात्र बजेट पठाउँदा मान्द्रेनी–बरबोटे बृहत् खानेपानी आयोजना निर्माणको काम दशकसम्म अधुरै छ ।

शहरी खानेपानीका लागि एडिबीले १५ अर्ब रुपैयाँ ऋण दिने

एसियाली विकास बैंक (एडिबी)ले नेपालको समुदायको व्यवस्थापनमा आधारित पानी आपूर्ति तथा सरसफाई कार्यक्रमका लागि १५ अर्ब १० करोड रुपैयाँको ऋण स्वीकत गरेको छ।

उपत्यकामा कहिले अाउँछ मेलम्चीको पानी ?

काठमाडाैं उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन्। मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए।

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली

नेपालीहरू भारतीय सीमावर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो होइन। तर दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोइलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ।

दसैंमा आउने सम्भावना ट-यो

आगामी दसैंसम्म पनि उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने सम्भावना टरेको छ। मेलम्ची खानेपानी उपआयोजनाले लक्ष्य अनुसार सुरुङको भुइँ ढलान र अन्य प्राविधिक काम सम्पन्न नगरेपछि मेलम्चीको पानी सम्भावना टरेको हो।

पानी बेचेर अर्थउपार्जन गर्न नेपाललाई जापानको सुझाव

जापानले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर अर्थउपार्जन गर्न नेपाललाई सुझाव दिएको छ। नेपालको हिमालयमा पिउन पर्याप्त मात्रामा पिउन योग्य पानी रहकाले त्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव छ।

खानेपानीको समस्या सुल्झाउन नयाँ योजना

खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ।

सरकारको नयाँ योजनाः खानेपानी आधाघण्टा भित्रै

सरकारले खानेपानी संकलन गर्न आधा घण्टाभन्दा बढी समय खर्च गर्न नपर्ने गरी नयाँ योजना बनाउने भएको छ।

पूर्वका जिल्लाको खानेपानीमा समस्या

पूर्वका १६ जिल्लाको खानेपानी कम गुणस्तरको भएको पाइएको छ। पानी परीक्षण प्रयोगशाला इटहरीले गरेको परीक्षणमा यी जिल्लाको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो

खानेपानीका च्याम्बरमा दिसैदिसा

डोल्पाको सदरमुकाम दुनैको खानेपानीका च्याम्बरहरुमा दिसैदिसा भरिएको छ। दुनै बजार क्षेत्रमा रहेका खानेपानीका च्याम्बरमा दिसा र फोहोर भरिएको भेटिएको हो। खानेपानीका च्याम्बरमा फोहोर र दिसा भरिएको भएपनि दुनै खानेपानी उपभोक्ता समिति भने यसबारे बेखबर रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्