१ मंसिर २०८१ शनिबार
image/svg+xml

‘मेलम्चीको पानीले उपत्यकामा खानेपानीको समस्या समाधान हुन्छ’

उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ। सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेको हो।

८५ करोडको खानेपानी सम्झौता

सदरमुकामस्थित इलाम बजारमा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको सहरी खानेपानी आयोजनाको सम्झौता भएको छ। इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी), उपभोक्ता समिति, इलाम नगरपालिका र नगर विकास कोष गरी ४ पक्षबीच कुल ८४ करोड ७९ लाख १८ हजार ६ सय १५ रुपैयाँको सम्झौता भएको हो।

खानेपानीको लागि ६८ करोडको सम्झौता

भोजपुर सदरमुकामको बढ्दो खानेपानी समस्यालाई समाधान गर्न सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना भोजपुर नगरपालिका र सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिबीच ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ लागतको वित्तीय सम्झौता भएको छ।

सम्झौता चरणमा खानेपानी आयोजना

सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ। २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ।

जुम्ला कारागारमा खानेपानीको अभाव

जिल्ला कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो। दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ।

भक्तपुरका ८८ प्रतिशत खानेपानी मुहान प्रदूषित

भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीका मुहानमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।

तीन वर्षभित्र सबैलाई आधारभुत खानेपानीमा पहुँच : मन्त्री मगर

खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताएकि छन्।

सबैलाई स्वच्छ खानेपानी उपलब्ध हुन्छ : मन्त्री मगर

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताएकि छन्।

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

बाढीले खानेपानीको पाइप बगाएपछि जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित कालिन्जोरका डेढ सय घरधुरीमा खानेपानीको हाहाकार भएको छ।

खानेपानीका मुहान सुक्दै

बैतडीको पुर्चौडी नगरपालिका – १, हाटका धनवीर धामीलाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ। तर आजभोली त्यो कुवा सुख्खा छ। घट्दैघट्दै एक अहिलेत एक थोपा पानी छैन।

खानेपानीमा कोलिफर्म भेटियो

जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ। खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको हो।

‘लिफ्ट’बाट गाउँमा खानेपानी

गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पुर्याएको छ।तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो। रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी आयोजनाबाट ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध

सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुगेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। सडक निर्माणका क्रममा शनिबार बेलुका स्काभेटरले झुप्रा खोलाको पाइपलाइनमा क्षति पु¥याएको हो। मुख्यस्रोत अवरुद्ध हुँदा उपत्यकामा खानेपानीको अभाव भएको छ।

कटारी बजारमा खानेपानी अभाव

गर्मी बढेसँगै सुख्खा याममा पानीको स्रोत सुकेपछि उदयपुरको कटारी नगरपालिका– ३ र ४ को सबभन्दा बढी जनघनत्व भएको कटारी बजारमै खानेपानीको अभाव भएको छ। लगभग १० किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान सुक्दै गएका कारण कटारीमा खानेपानीको अभाव भएको स्थानीयले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्