१ मंसिर २०८१ शनिबार
image/svg+xml

मुहान भत्काउँदा खानेपानीको हाहाकार

सिम्ता गाउँपालिका–१ घोरेटाकी कस्तुरीकुमारी रानाको दैनिकी खानेपानीको जोहो गर्नमै बित्छ । एक गाग्री पानी ल्याउन उनलाई तीन घण्टा समय लाग्छ। ‘विहानदेखि रातिसम्म पानी बोक्दै ठिक्क हुन्छ’ उनले प्रश्न गरिन्, ‘कहिलेसम्म यसरी पानी बोक्नुपर्ने हो थाहा छैन्।’ बस्तीदेखि ओरालोमा मुहान छ ।

डडेल्धुरामा खानेपानीको हाहाकार

लामो समयदेखि पानी नपर्दा परेको खडेरीका कारण गर्मी बढेसँगै खानेपानीका मुहान सुक्न थालेका छन्। पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ। सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ।

डडेल्धुरा सदरमुकाममा खानेपानीको चरम अभाव

बढ्दै गएको गर्मिसँगै एक साता यता डडेल्धुरा सदरमुकाम क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ। सदरमुकाम क्षेत्रमा बढ्दै गएको जनसंख्या एवम् लामो समयदेखीको खडेरीका कारण खानेपानीका मुहानमा पानीको सतह घट्दै गएपछि पानीको अभाव हुन थालेको हो।

सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्छौं : मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्ने गरी कार्ययोजना बनिरहेको बताएकी छिन्।

जिल्ला अस्पतालमै छैन् शौचालय र खानेपानी

जिल्ला अस्पताल रौतहट आधारभुत मानविय सेवा सुविधावाट समेत बञ्चित भएको छ। अस्पतालमा न त  खानेपानीको व्यवस्था छ, न त शौचालयकै जताततै गुटखा, पराग र सर्तिजन्य खाएर थुक फालेको देखिन्छ। साथै दुर्गन्ध फैलिएर सध्य मान्छेपनि विरामी बन्न सक्ने अवस्था छ।

खानेपानी पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने

खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छिन्।

खानेपानीको हाहाकार, शौच गर्न समेत समस्या

जिल्लाको पूर्वी करान क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ कार्ति गाउँमा खानेपानीको चरम समस्या देखिएको छ।

‘हरेक गाउँमा खानेपानी पुर्याउछौं’

खानेपानी मन्त्री बिना मगरले देशैभरिका हरेक स्थानीय तह र गाउँमा खानेपानी सुविधा पुर्याउने मार्गचित्र बनाउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छिन्।

९० दिनको श्रमदान पछि १ सय २ घरधूरीमा खानेपानी

तिनाउँ गाउँपालिका–५ का स्थानीयहरुहरुले ९० दिनको श्रमदान गरी एक सय दुई घरधूरीमा खानेपानी धारा जडान गरेका छन्। उनीहरुले पाँच हजार, पाँच सय, सय मिटर पाइप राखेर दलित तथा जनजाति विपन्न बस्तिमा लिम्दी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत् खानेपानी पुगेको हो।

स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ : मन्त्री मगर

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएकी छिन्।

आठराईमा डिप बोरिङबाट खानेपानी निकाल्न शुरु

खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ।  गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट आज बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो। बोरिङ गर्न शुरु गरेको दुई घण्टामै पानीको पहिलो सतह भेटिएको छ। काठमाडौँमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्ययन गरी बोरिङको काम शुरु गरेको हो ।

खानेपानीलाई उठ्यो पौने ४ करोड

सदरमुकामका लागि सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि उपभोक्ताबाट पौने ४ करोड रुपैयाँ संकलन भएको छ।

खानेपानी पाइप चोरीमा उपभोक्ता समितिकै अध्यक्ष पक्राउ

उदयपुर सदरमुकामस्थित त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समिति (संस्था) को पाईप चोरी आरोपमा संस्थाकै अध्यक्ष पक्राउ परेका छन्। आइतबार दिउँसो त्रियुगा नगरपालिका १० बाबरीस्थित खानेपानी आयोजनाको प्रशोधन केन्द्रस्थित गोदाममा राखिएको पाइप २ जना कामदार लगाएर चोरेको अभियोगमा पक्राउ परेकाको बयानका आधारमा समितिका अध्यक्ष शंकर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्