१ मंसिर २०८१ शनिबार
image/svg+xml

‘खानेपानीका मुहान निकै कम छन्’

जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्ने बित्तिकै नगरसभा सम्पन्न गर्यौँ । नगरसभाबाट ८२ करोडको बजेट ल्यायौँ । नार्गाजुन नगरपालिकामा १० वटा वडा छन् । प्रत्येक वडाका लागि दुई करोड रुपैयाँको बजेट बिनियोजन गरेका छौँ । हामी आएसँगै नगरलाई पूर्ण खोपयुक्त नगर घोषणा गरिसक्यौँ ।

तीन करोडको लागतमा खानेपानी आयोजना निर्माण शुरु

बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य शुरु भएको छ।

‘रोग लागेपछि सिटामोल दिनुभन्दा स्वच्छ खानेपानी दिएर रोग लाग्न नदिनु राम्रो’

खानेपानी मन्त्री बिना मगरले स्वास्थ्य उपचारमा सिटामोलभन्दा स्वच्छ खानेपानीका लागि सरकारले बजेट बढाउनुपर्ने बताएकी छिन्। बर्दियाको मधुवन नगरपालिका ६ स्थित कुसुम्बा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले स्वच्छ खानेपानी र सरसफाईले रोग लाग्नै नदिने भएकाले सरकारको प्राथमिकतामा खानेपानी हुनुपर्ने बताइन।

खानेपानी र सिंचाई सुविधाका लागि ‘लिफ्टिङ प्रविधी’

उदयपुरको त्रियुगा नगरपालिकाले पहाडी भेगका वडाबासीको खानेपानी र सिंचाईको सुविधाका लागि सुनकोसीको पानी प्रयोगमा ल्याउन अध्ययन थालेको छ। खानेपानी र सिंचाईको समस्या भोग्दै आएका नगरपालिकाका पहाडी वडाहरु साविक साउने, खाँबु र चिलाउनेबासीलाई सुनकोसी र स्थानीय खोलानालाको पानी ‘लिफ्टिङ’ प्रविधिबाट उपयोग गर्न अध्ययन थालेको हो।

पाँच करोड लागतमा खानेपानी आयोजना निर्माण हुँदै

रसुवामा तीनवटा ठूला खानेपानी आयोजना निर्माण हुने भएको छ । पिछडिएका, छुटमा परेका भूकम्पपीडित र कुपोषण संकटापन्न समुदायलाई लक्षित गरी आयोजना निर्माण गर्न लागिएको हो।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

उपत्यकामा खानेपानीको माग साढे ४१ करोड लिटर, आपूर्ति १० करोड लिटर

काठमाडौं उपत्यकामा हिउँदेयाम सुरुवात भएसँगै खानेपानीको चरम अभाव देखिएको छ। काठमाडौँ उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल भएकाले नै खानेपानीको अभाव देखिएको हो। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा उपत्यकामा वर्षौंदेखि उपत्यकामा खानेपानीको अभाव सिर्जना हुदैँ आइराखेको छ।

शौचालयबिहीन खानेपानी कार्यालयलाई सुविधासम्पन्न भवन

उदयपुर सदरमुकामस्थित ‘त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)’ ले सुविधासम्पन्न भवन पाएको छ । ०५३ सालदेखि शौचालयवबिहीन र भूकम्पले भत्केको धराप घर भाडामा लिएर बस्दै आएको समितिले स्थापनाको २० वर्षपछि सुविधासम्पन्न पक्की भवन पाएको हो।

खानेपानी कार्यालय नै शौचालयविहीन

सार्वजनिक सरोकारको कार्यालय भएकाले बिहान ९ः०० नबज्दै सेवाग्राहीहरू लाइन लागिसकेका हुन्छन्। १०बजेपछि दर्जन हाराहारी कर्मचारी र त्यत्तिकै संख्यामा संस्थाका पदाधिकारी कार्यालय आउँछन्। कार्यालय अवधिभरी पैसा तिर्न र अन्य काम लिन आउने सेवाग्राही र आगन्तुकलाई दिसा–पिसाब लाग्यो भने चाँहि दायाँबायाँका घर कि झाडी चाहार्नुपर्ने बाध्यता छ।

खानेपानी निर्माण सहमतिको विरोध, मानहानी मुद्दा हाल्ने

विजयपुर दरबार क्षेत्रमा खानेपानी आयोजनाको लागि पानी टंकी निर्माण गर्ने सहमतिको विभिन्न जातीय संघ संस्थाहरुले चर्काे विरोध जनाएका छन्।

ढलसँगै बगेर आउँछ खानेपानी

दोलखा सदरमुकाम चरिकोटका स्थानीयले पिउने पानी ढलसँगै बगेर आउने गरेको पाइएको छ । वर्षौदेखि उनीहरू बजार क्षेत्रका नाला र फोहोरहरूसँगै बगेर घरमा आउने पानी पिउन बाध्य छन्।

सुख्खा क्षेत्रको प्राथमिकताको खानेपानी आयोजनामा ढिलाई

सरकारले सुख्खा क्षेत्र घोषण गरी कुम्मायक गाँउपालिकाको यासोक, रानीगाँउ र स्याबरुम्बामा खानेपानी व्यवस्थापनाका लागि तमोर नदीको पानी गाँउमा ल्याउने गरी अघि बढाइएको लिफ्ट प्रविधिको खानेपानी आयोजनाको काममा ढिलाई भएको छ। नेपालकै नमुना आयोजना मानिएपनि विभिन्न वाहाना देखाउदै आयोजनाको काममा लापरवाही हुँदा खानेपानीको चरम अभाव खेपिरहेका स्थानिय वासिन्दा असन्तुष्ट बनेका छन्।

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

खानेपानी समितिमा चरम लापरवाही

चन्दननाथ–६ की प्रतिभा शाही खलंगा खानेपानी समितिको कार्यप्रति सन्तुष्ट छैनन् । खानेपानी समितिले मार्ग बमोजिमको खानेपानी पुर्याउन नसकेको र बिग्रेको धाराको मर्मत गर्न नसकेको उनको भनाई छ । ‘नियमित आउनुपर्ने पानी दुई सातादेखि आएको छैन् । समितिले खानेपानीको पहुँच पुर्याउन नसक्दा जुगाड खोला र तिला नदीबाट पानी बोक्न बाध्य छौं । त्यसबाहेक मिनिरल वाटरको पानी किनेर काम चलाएका छौं,’उनले भनिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्