१ मंसिर २०८१ शनिबार
image/svg+xml

भूमाफियाको ध्यान खानेपानी मुहानमा

सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा कब्जा गरेर प्लटिङ गरेको भूमाफिया गिरोहले सरकारी निकायसँगको मिलेमतोमा धरानवासीले उपभोग गरिरहेको खानेपानीको स्रोत (मुहान) पनि कब्जा गर्न लागेका छन्।

स्थानीय स्तरबाट पौने २ करोडको सोलार लिफ्टिङ खानेपानी (भिडियो)

चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानुसिरुवारीका स्थानीयले लामो समय खानेपानी समस्या झेले। जनसंख्याको चाप थपिँदै जाँदा स्थानीय गुरुङ धाराको पानीले थेग्न छोड्यो।

मेची पहाडका मतदाता भन्छन्- 'सडक, खानेपानी र बिजुली देऊ'

इलाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन्– सडक, पुल, खानेपानी र बिजुली ।

खानेपानी र तमोर जलाशययुक्त आयोजना प्रमुख एजेण्डा

जिल्लाको कुम्मायक गाँउपालिकमा उम्मेद्वारले खानेपानी र तमोर जलाशययुक्त जलविद्युत आयोजना प्रमुख प्राथमिकतामा राखेका छन्। खानेपानीलाई उम्मेद्वारहरुले प्रमुख एजेण्डाका रुपमा राखेका छन्। केही वर्षयता ७२० मेघावटको तमोर जलाशययुक्त आयोजना निकै चर्चित छ। यो जलाशय युक्त आयाोजना अघि बढाउने उम्मेद्वारको प्रमुख एजेण्डा रहेका हुन्।

विवादित खानेपानी आयोजनाको लागत बढ्यो

सरोकारवाला पक्षसँग परामर्श नगरी विजयपुर दरबार क्षेत्रको वन फडानी विवादमा फसेको धरान खानेपानी आयोजनाको कुल लागत वृद्धि भएको छ । विवादको कारण तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुगेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

चार करोडको लगानीमा ७ वटा खानेपानी परियोजना सुरु

तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम सुरु भएको छ । विभिन्न छ गाउँका ७ सय ४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण सुरु भएको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण सुरु भएको हो ।

काकाकुल गाउँको पीडा बिर्साउने खानेपानी योजना

काकाकुल गाउँका रुपमा परिचित बनेको जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका स्थानीयहरूमा यतिबेला खुशी छताछुल्ल बनेको छ । पानीका समस्याका कारण आजित बनेका त्यस गाउँका मानिसहरू घर घरमा धाराबाट पानी झरेपछि यतिबेला उनीहरु फुरुङ्ग छन । उनीहरू धारामा झरेको पानीसँग खेल्दै एक आपसमा खुशी साटीरहेका छन्।

'खानेपानीका पाइपले खाल्डा पुर्न बाधा'

कतिपय ठाउँमा खानेपानी पाइप फुटेको र कतिपय ठाउँमा माटो प्रयोग भएकै कारण ठूलो समस्या आएको छ, अर्को कुरा जिम्मा पाएका निकायबीच समन्वय पनि भएन।

भक्तपुरमा खानेपानीको अभाव

प्रचण्ड गर्मीसँंगै भक्तपुरबासीलाई खानेपानीको समस्याले पिरोलेको छ। पानीका लागि टोलटोलका सार्वजनिक ढुंगेधारा, इनार, कुवामा भीड लाग्न थालेको छ। एक गाग्री पानीकै लागि महिला तथा केटाकेटी बिहान र बेलुका लाम लाग्न थालेका छन्।

मेलम्ची खानेपानीलाई ६ अर्ब, सिँचाईको लागि २७ अर्ब बजेट छुट्याइयो

प्रतिक्षारत मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ६ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।

खानेपानी र सरसफाईको काम सुरु भइसक्यो : नगर प्रमुख प्रजापति

भक्तपुरका दुई वटा नगरपालिकाका नवनिर्वाचित मेयरहरुले नगरका समस्या समाधानका लागि काम सुरु गरिसकेको जनाएका छन् । भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका दुई नवनिर्वाचित नगरप्रमुखद्वारा यहाँको नगरलाई सम्वृद्ध बाउने घोषणा पनि गरेका छन्।

महानगरका मेयरका उम्मेदवारलाई खानेपानी देखि रात्रि बससम्मको चिन्ता

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले सरकारले सार्वजनिक यातायातका निजी व्यवसायी अगाडि रमिते बनेको आरोप लगाएका छन्। ‘नेपाल यस्तो देश हो जहाँ सरकारले सार्वजनिक यातायात सञ्चालन गर्दैन। निजीका दादागिरी अगाडि रमिते बन्छन्,’ एक अन्तर्क्रियामा उनले भने।

मेलम्ची खानेपानी : ‘कामभन्दा परामर्शमा बढी खर्च’

मेलम्ची खानेपानी उपआयोजनाले मेलम्चीको सुरुङ तथा हेडवर्क्स निर्माणको परामर्शमा तोकिएभन्दा दोब्बर खर्च गरेको खुलासा भएको छ। महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५४ औं प्रतिवेदनमा उपआयोजनाले परामर्शको नाउँमा दोब्बर खर्च गरेको खुलासा गरिएको छ।

पर्वतमा खानेपानीको हाहाकार

लामो समयको खडेरीका कारण वर्षात्मा घैँटामा सङ्कलन गरिएको पानी सुकेपछि पर्वतको एक विकट गाउँमा खानेपानीको हाहाकार परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्