काठमाडौँ – प्रतिक्षारत मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ६ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।
व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थ मन्त्री कृष्णबहादुर महराले सिक्टा सिँचाई आगामी दुई वर्षमा सकिने बताएका छन् । त्यस्तै सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा ५०० मेघावाट विद्युत उत्पादनको लक्ष्य राखिएको समेत उनले बताए ।
त्यसैगरी सरकारले सिँचाई विकासका लागि २७ अर्ब ४१ करोड बजेट छुट्याएको छ।
प्रकाशित: १५ जेष्ठ २०७४ १२:४७ सोमबार