९ मंसिर २०८१ आइतबार
image/svg+xml

यसरी पुग्यो कर्णालीमा कोरोना

प्रदेश विपत् व्यवस्थापन केन्द्रको वैशाख २९ गते बसेको बैठकले ‘छिमेकी मित्रराष्ट्र भारतबाट आउने नेपालीलाई सीमाक्षेत्रभित्र क्वारिन्टाइन स्थापना गरी निश्चित अवधिसम्म राख्ने, त्यसपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकालाई सम्बन्धित जिल्ला र गाउँ पठाउने व्यवस्था मिलाउन सिसिसएमसी र नेपाल सरकारलाई अनुरोध गर्ने’ निर्णय ग-यो ।

मृतक महिलाको सम्पर्कमा रहेका ५३ मा कोरोना देखिएन

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका गाउँलेको थ्रोट स्वाब परीक्षण रिपोर्ट आउन थालेको छ । मंगलबार ५३ जनाको रिपोर्ट आएकोमा उनीहरुलाई कोरोना संक्रमण देखिएन ।

सबैखाले उपभोग्य वस्तुको मूल्यवृद्धि

कोरोना संक्रमणका कारण मुलुकमा झन्डै दुई महिनादेखिको लकडाउन जारी रहँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै वृद्धि भएको छ । लकडाउनका कारण काम गर्न नपाएका तल्लो वर्ग दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले झनै मारमा परेका छन् । सबैजसोे उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा उपभोक्ताको भान्सा महंगो बनेको छ ।

मुख्यमन्त्रीसहित १४६ जनाको स्वाव संकलन

गण्डकी प्रदेश सभा जेठ ११ गते बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशको बजेट अधिवेशनको रुपमा रहेको बर्खे अधिवेशन आह्वान भएको हो । बैठक आह्वान भएसँगै बैठकको तयारी शुरू गरिएको छ ।

नेपालका ३२ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित ?

हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटाकी एक स्वास्थ्यकर्मी संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि आइतबार राति संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

सुरक्षाकर्मीलाई 'घुन्सा फाउण्डेशन'को सहयोग

कोरोना नियन्त्रणमा जुटिरहेका महिला सुरक्षाकर्मीलाई घुन्सा फाउण्डेशन नेपालले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । फाउण्डेशनकी अध्यक्ष याङ्जोङ्म शेर्पाले माक्स र पन्जा हस्तान्तरण गरेकी हुन् ।

सङ्क्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ ।

रौतहटका कोरोना संक्रमितलाई नाकाबाट सिधै क्वारेन्टिन लगिएको थियो

रौतहटका १० कोरोना संक्रमित ५ दिन अघि भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ। मुम्वई र गुजरातबाट उनीहरु नेपाल आएका थिए। भारतमा पनि कोरोना नियन्त्रणको लागि लकडाउन गरिएपछि दैनिक गुजराकै अभाव झेलिरहेका उनीहरु विभिन्न तरिका अपनाउँदै नेपाली नाकासम्म आइपुगेका थिए।

पर्यटनका २५ हजार मजदुर विस्थापितको चिन्ता

संक्रमण घट्दै गएर लकडाउन खुलेपनि तत्कालै यी मजदुरले काम पाउने छैनन, किनकी तत्काल पर्यटक आउने सम्भावना नभएकोले मजदुरले लामो समय काम नपाउने निश्चित रहेको पर्यटन व्यावसायीको भनाई छ । लामो समय कामविहीन हुनुपर्दा पर्यटन क्षेत्रका हजारौं मजदुर बिस्थापित हुनसक्ने जोखिम बढाएको व्यावसायी बताउँछन् । कतिपय मजदुर सधैंका लागि बिस्थापित हुने जोखिम रहेको पनि व्यावसायीको भनाई छ ।

पिसिआर टेष्टका लागि नगरपालिकाबाट ३४ जनाको स्वाब धरान पठाइयो

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिवसहित ३४ जनाको पिसिआर टेष्टका लागि थ्रोट स्वाब पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाका २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिव, क्वारेन्टाइनमा बसिरहेका १ जना र काठ्मण्डौंबाट उद्धार गरेर घर ल्याइएपछि होम क्वारेन्टाइनमा बसिरहेका २४ जनाको पिसिआर परिक्षणका लागि स्वाव पठाइएको हो ।

पर्यटनका २५ हजार मजदुर विस्थापितको चिन्ता

गण्डकी प्रदेशभित्र पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा कार्यरत मजदुरको संख्या झन्डै २५ हजार छ । ती बाहेक अप्रत्यक्ष काम गर्नेको संख्या पनि यही हाराहारीमा रहेको अनुमान छ । कोरोना भाईरस त्रासका कारण मुलुक झन्डै दुईमहिनादेखि लकडाउन हुँदा ती सबै मजदुर कामविहीन भएका छन् ।

बाँकेको नरैनापुरमा कोरोना संक्रमित भेटिएपछि त्रासमा सर्वसाधारण

भारतीय सिमासँग जोडिएको जिल्लाको नरैनापुरका आठ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नरैनापुरको ६ वटै वडा नेपाल–भारत सिमासँग जोडिएका छन् । खुल्ला सिमाका कारण संक्रमित ब्यक्ति भारतबाट भित्रिने जोखिम रहेको स्थानीयको भनार्ई छ ।

कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। शुक्रवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो।

बाँकेका अस्पतालमा कोरोना उपचार

नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमार्फत नेपालगन्ज–८ निवासी २४ जना संक्रमित फेला परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्