९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मुख्यमन्त्रीसहित १४६ जनाको स्वाव संकलन

गण्डकी प्रदेशमा बजेट अधिवेशनको तयारी

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको स्वाव संकलन गर्दै स्वाश्थ्यकर्मी ।

गण्डकी प्रदेश सभा जेठ ११ गते बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशको बजेट अधिवेशनको रुपमा रहेको बर्खे अधिवेशन आह्वान भएको हो । बैठक आह्वान भएसँगै बैठकको तयारी शुरू गरिएको छ ।

बैठक पोखरा सभागृहमा बस्ने तयारी गरिएको छ । प्रदेश सभा भवनमा सामाजिक दुरी कायम गरेर बैठक बस्न असम्भव भएपछि बैठक पोखरा सभागृहमा राख्ने तयारी गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । जस अन्तर्गत बैठक स्थल पोखरा सभागृहको अवलोकन गरेर आवश्यक मर्मतसम्भार गर्न शुरू गरिएको उनले बताए । बैठकको तयारी शुरू गरेका छौं,’ उनले भने, ‘बैठक स्थलमा आवश्यक कुर्सीको मर्मत सम्भार शुरु गरिसकेका छौं ।’

१६ सय जना अटाउने क्षमताको पोखरा सभागृहका कतिपय कुर्सीहरु बस्नै नमिल्ने गरेर भाँचिएका छन् भने कतिपय ठाउँमा कुर्सी नै छैन । नभएका ठाउँमा कुर्सी राख्न र भाँचिएका कुर्सी मर्मत सम्भार गरेर दुरुस्त पारिने उनले बताए ।

सामाजिक दुरी कायम गरेर बैठक बस्ने उनले जानकारी दिए । सामाजिक दुरी कायम गर्नकै लागि संसद भवन छाडेर पोखरा सभागृहमा बैठक राखिएको उनको भनाई छ ।

यसैबीच, बैठकको तयारी स्वरुप मंगलबार मुख्यमन्त्रीसहित प्रदेशका सबै मन्त्रीहरू र कर्मचारीहरूको स्वाब संकलन गरिएको छ । प्रदेश बैठकको तयारी स्वरुप मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रदेशका अन्य ६ जना मन्त्रीहरू, मन्त्रालयका कर्मचारीहरू, मुख्यमन्त्री तथा मन्त्रीका स्वकीयसहित सचिवालय सदस्यहरू, गाडी चालकहरू, नीति तथा योजना आयोगका सदस्यहरू, कर्मचारीहरू गरि मंगलबार १४६ जनाको स्वाब संकलन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

बुधबार सभामुख, उप सभामुखसहित सांसदहरू, उनीहरूका स्वकीय सचिव, संसदका कर्मचारी तथा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको स्वाब संकलन गरिनेछ । स्वाब संकलन बैठक स्थल पोखरा सभागृहमा नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । संकलित स्वाबको नतिजा जेठ १० गतेसम्ममा आइपुग्ने र ११ गते बैठक बस्ने उनले बताए ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App