२ माघ २०८१ बुधबार
image/svg+xml

ललितकला र संगीत नाट्यविरुद्ध सर्वोच्चमा रिट

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा ऐन विपरित पदाधिकारी नियुक्त गरिएको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। कलाकारद्वय गेहेन्द्रमान अमात्य र नगेनसिंह ठकुरीले ललितकलामा सरकारले गरेको नियुक्ति उल्टो प्रक्रियाबाट भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, संस्कृति तथा पर्यटन मन्त्रालय र मन्त्री तथा ललितकला प्रज्ञा प्रतिष्ठानमा हालै नियुक्त भएका कुलपतिसहितका पदाधिकारीलाई विपक्षी बनाइएको छ।

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचार गर्न इलाम जादै गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोलीलाई मंगलबार बिच बाटोबाट फर्काइएको छ। बिशेषज्ञ टोली फर्किए पनि जुनियर रेसिडेन्ट डाक्टरहरुको अर्को टोली भने इलाम पुगेको छ।

नेतृत्वको अलमलले बिपीमा समस्या चुलिँदै

दुईवटा छानबिन समिति गठन भएर पनि कुलपति र सहकुलपतिका रूपमा क्रमशः प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले ठोस निर्णय लिन नसक्दा बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको समस्या थप चुलिँदै गएको छ।

मिश्रका नाममा भौतिक संरचना बनाइने

प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको प्रतिष्ठानको नाममा सार्वजनिक जग्गा खोजी गरी त्यसमा भौतिक संरचना निर्माण गर्न पहल गरिने भएको छ। उनको एक सय ११ औं जन्मदिन आयोजित कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री केशव बडालले हाल भैरहेको संरचनालाई बचाउदै अर्को नयाँ भौतिक संरचना तयार गर्न सरकारसँग पहलकदमी गरिने बताएका हुन।

बीपीको प्रतिष्ठानमा उपकुलपति हटाउन नेकपाको लबिङ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति हटाउन सत्तारुढ पार्टी नेकपाको स्थानीयस्तरबाट लबिङ सुरु भएको छ।

रामेछापका कैदीबन्दीले गरे रक्तदान

बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठानले शनिबार रामेछापको पुरानो सदरमुकाम रामेछापमा सञ्चालन गरेको एकदिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ६८ कैदीसहित १ सय १२ जनाले रगत दान गरेका छन्।

विवादको चक्रव्यूहमा प्रतिष्ठान

भरपर्दो उपचार सेवा केन्द्र मानिएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादै विवादमा फसेको छ। प्रतिष्ठानले गरेका ‘अहितकारी’ निर्णयका कारण प्रतिष्ठान आन्तरिक विवाददेखि अदालती मुद्दासम्मको विवादमा परेको हो।

चर्को शूल्क नलिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तरिम आदेश

स्वास्थ्य उपचार सेवा शूल्कमा भारी वृद्धि गरेको दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बढाएको शूल्क लागु नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार अधिक महंगो बन्दै

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीको सातौँ अनसनको बलमा जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो। डा. केसीको सातौँ अनसनका क्रममा तत्कालीन सुशील कोईराला नेतृत्वको सरकारले दाङमा मेडिकल कलेज खोल्ने सहमती जनाएको थियो। डा. केसीले त्यो बेलाको माग अनुसार तत्कालीन पाँचै प्रदेशमा एक÷एक सरकारी मेडिकल कलेज खोल्ने र पहिलो चरणमा दाङमा खोलिनु पर्ने माग राखेका थिए।

ललितकला र संगीत नाट्यमा नियुक्ति

सरकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार नवनियुक्त दुई कुलपतिलाई सपथ ग्रहण गराई दुई प्रतिष्ठानको नियुक्तिलाई पूर्णता दिएका हुन्।

सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ। प्रदेश नम्बर २ को सप्तरीमा स्थापना गरिने उक्त स्वास्थ्य बिज्ञान प्रतिष्ठानको  नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णयसँगै सो स्थापना  हुने भएको हो।

निजी जस्तै महंगो बन्दै प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकै महंगो उपचार केन्द्र बनाउने तयारी थालिएको छ।  प्रतिष्ठानले उपचार शुल्क लगायत अन्य शुल्कसमेत महंगो बनाउने गरी तयारी थालिएको हो।

प्रज्ञा प्रतिष्ठान पुस्तकालयमा पाठक बढ्दै

२०७२ सालको महाविनासकारी भूकम्पका कारण क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन अहिले नयाँ भवनमा सरेसँगै पाठकहरुको संख्या पनि बढ्न थालेको छ। नवनिर्मित पुस्तकालय भवनमा पाठकहरुलाई अध्ययन गर्नका लागि शान्त, सफा र पठनमैत्री वातावरण भएका कारण पाठकहरु बढेका हुन्।

ललितकला र संगीत नाट्य प्रतिष्ठानको नियुक्ति अन्यौलमा

भाषा साहित्य वाङ्मयको विकासका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएको छ। कला, संस्कृति र नेपाली भाषा साहित्यका लागि गठन भएका तीन प्रज्ञा प्रतिष्ठानमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद र प्राज्ञहरूको नियुक्ति भएसँगै यसले पूर्णता पाएको हो।

पाँच महिनादेखि गुपचुपमै कार्यदल प्रतिवेदन

चिकित्सा शिक्षा सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं लाने क्रममा भएको अस्पताल तोडफोड घटनाको छानबिन प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्