४ असार २०८१ मंगलबार
image/svg+xml

मागबमोजिमको मास्क उत्पादन गर्न  कैदीबन्दी तयार

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन्।

कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दी रिहा

कोरोना भाइरस फैलन सक्ने जाेखिम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दीलाई रिहा गरिएको छ। कोरोना भाइरस फैलिएपछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनीहरुलाई छाडेको हो।

कैदीबन्दी नै तयार छैनन् कारागार छाेड्न

कोरोना भाइरसको त्रासलाई ख्याल गर्दै सरकारले कारागारभित्रको चाप कम गर्न एक वर्षभन्दा कम सजायका कैदीबन्दीलाई जरिवाना चार्ज लिएर छाड्ने निर्णय गरे पनि कैदीबन्दी आफै कारागार छाड्न अनिच्छुक देखिएका छन्।

कैदीबन्दीलाईं बाहिरी वातावरणबाट जोगाउन चुनौती

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहेको बेला कारागारमा रहेका कैदीबन्दीलाई जोगाउन मुख्य चुनौती रहेको छ। पूर्वको सबैभन्दा ठूलो कारागार झुम्का सुनसरीमा कैदीको चाप बढेको र विभिन्न बिरामीको संख्या पनि थुप्रै भएकाले कोरोनाको संक्रमणबाट जोगाउनु चुनौती भएको हो।

महिला कैदीबन्दीमा मानसिक समस्या

बहुविवाह मुद्दामा नाम नबताउने एक महिला जिल्ला कारागार दैलेखमा चलान भइन् । कारागारमा बन्दी जीवन बिताइरेहकी उनलाई एक वर्ष नपुग्दै मानसिक समस्या देखा पर्न थालेको छ । उनलाई बढ्दो चिन्ता, बिनाकारण छटपटी, काम नगर्दा पनि थकान र कष्ट हुने, मन डुलीरहने र सुत्नलाई बाधा हुने निन्द्रा नपर्नेजस्ता समस्याबाट ग्रसित बनाएको छ। उनी मात्र होइन यहाँका १३ जना महिला कैदीबन्दीमध्ये नौजनामा मानसिक समस्या देखिएको छ।

निर्दोष कैदीबन्दी !

कुनै दिन आफू जेलमा पर्नुपरेको पीडादायी अनुभवले गर्दा सुशीला कार्कीले ‘जेलमा पर्नु भनेको मर्न गएझैं हुने रहेछ’ भन्नुको मर्म न्यायाधीशले कति बुझेका हुन्छन् भनेर अध्ययन/अनुसन्धान गर्न ढिला भइसकेको छ।

प्रजातन्त्र दिवसका अवसरमा ३ कैदीबन्दी रिहा

जिल्ला कारागार ताप्लेजुङका ३ जना कैदीलाई प्रजातन्त्र दिवसको अवसरमा सजाय मुक्त गरिएको छ। चोरीको अभियोगमा कैदमा रहेका पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका ३८ वर्षीय प्रकाश थेवे, सवारी ज्यान मुद्दाका सिरिजङ्घा गाउँपालिका-१ सिनामका ३६ वर्षीय आदित्य लिम्बू र वैदेशिक रोजगार ठगी अभियोगमा रहेका मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय दयाराम लिम्बू जेलमुक्त भएका हुन्।

कर्णालीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जुम्लाबाहेक सबै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा भएकाले दैनिक क्रियाकलापमा समस्या हुँदै आएको छ।

‘कैदीबन्दीको श्रम, सीप राष्ट्र निर्माणमा लगाऊ’

नेपालमा अपराध बढ्दै गएकाले जेल, हिरासतमा कोचाकोच कैदीबन्दीको श्रम, सिप राष्ट्र निर्माणमा लगाउन महान्यायाधिवक्ता कार्यालयले सुझाव दिएको छ।

कैदीबन्दीका लागि पुस्तक जुटाउँदै प्रहरी

कारागारमा रहेका कैदीबन्दीले समय सहजै बिताउन सकुन् र सुधार केन्द्रको रुपमा लिइएको कारागारमा बस्दा ज्ञानगुनका कुरा जान्न पाउन् भन्ने उद्देश्यले गोरखा प्रहरीले पुस्तक संकलन थालेको छ। केही दिनअघि प्रहरी कार्यालयमा भएको पुस्तक आलोपालो पढ्ने गरी दिएको प्रहरीले शुक्रबारदेखि सर्वसाधारणसँग पढिसकेको पुस्तक दिन अनुरोध गरेको हो।

कारागार अस्पतालमा दन्तसेवा शुरु, बिरामीको चाप बढ्दो

नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ। मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो।

मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी

जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन्। विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन्।

कैदीबन्दीलाई कारागारमै टीका र जमरा

जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन्।

कैदीबन्दीको गुनासोः 'राज्यले दिएको दसैं खर्चले एक छाक पुग्दैन'

सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दसैं अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्