१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

बढ्यो मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आई २०७८ चैत मसान्तमा रु ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु ११ अर्ब ७५ करोड रहेकोमा गत चैत मसान्तमा १८.२ प्रतिशतले कमी आई रु नौ अर्ब ६१ करोड कायम भएको छ।

अर्थतन्त्रको वास्तविक आकार

सारांशमा भन्नुपर्दा महामारीपछि अन्य मुलुकले जस्तो फाइदा उठाउन सके त्यस्तो फाइदा लिन हामी असफल भएका छौँ। यस्तोमा केन्द्रीय तथ्यांक विभागले अनुमान गरेजस्तै यो वर्ष साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन।

नौ महिनामा २८ अर्ब ५४ करोड बढीको सुन आयात

चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ।

अर्थतन्त्र गम्भीर संकटतिर

मुलुकको अर्थतन्त्र अहिले धेरै समस्यामा गइसकेको छ। आयात चुलिएका बेला रेमिटेन्स घटेको र पर्यटनलगायतका सेवा क्षेत्रबाट पनि विदेशी मुद्रा आर्जन नहुँदा मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति क्रमशः घटिरहेको छ। अहिले श्रीलंकाको मुख्य समस्या पनि विदेशी मुद्रा नहुनु हो। यस्तोमा प्रधानमन्त्रीले निर्देशन दिएर मात्र पुग्ने अवस्था छैन। मुलुकमा चुलिँदो आयात घटाउने ठोस निर्णय गर्नुपर्ने आवश्यक भइसकेको छ। र, यसमा प्रधानमन्त्री देउवाको हस्तक्षेप हुनुपर्ने देखिन्छ।

वित्तीय अनुशासनहीनता

विकास मन्त्रालयहरूलाई वित्तीय अनुशासनमा बाँध्न नसक्नुमा अर्थ मन्त्रालय आफैँ केही हदसम्म जिम्मेवार छ। पुँजीगत बजेट खर्च गर्न नसकेर सर्वत्र आलोचना भएपछि अर्थ मन्त्रालयका अधिकारीहरूले नै वर्षका पछिल्ला महिनामा नयाँ कार्यक्रमका लागि पैसा दिंदै आएका छन्।

वैदेशिक अनुदानको दुरवस्था: लक्ष्य ६० अर्ब, ८महिनामा १३ अर्ब मात्र

चालु आर्थिक वर्षमा सरकारले राखेको वैदेशिक अनुदानको लक्ष्य फेला पार्ने सम्भावना न्यून देखिएको छ। पछिल्ला केही वर्षमा लक्ष्यको एक तिहाइभन्दा बढी अनुदान आउन नसकेको अवस्थामा चालु आवको स्थिति पनि त्योभन्दा माथि जाने देखिएको छैन।

सात महिनामा करिब २५ अर्व राजस्व संकलन

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २४ अर्व ८४ करोड ४१ लाख ५२ हजार रूपैयाँ राजस्व संकलन गरेको हो।

६ महिनामा ११०३ विद्युतीय सवारी आयात

सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा लाग्ने कर व्यापक मात्रा घटाएपछि तिनको आयात ह्वातै बढेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा कार, जीप र भ्यान गरी ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएका छन्।

बजेटकाे ६ महिनाः विकासको कछुवा गति पाँच वर्षदेखि उस्तै

संविधान जारी भएको पनि आधा दशक भइसकेको छ। तर विकास भने कछुवा गतिभन्दा माथि जान सकेको छैन। गत पाँच वर्षको तथ्यांक केलाएर हेर्दा सरकारले साउनदेखि पुससम्मको ६ महिनामा पुँजीगत खर्च औसतमा ५० अर्ब रूपैयाँ मात्र गरेको देखिन्छ। जबकि यी वर्षहरूमा पुँजीगत बजेट औसतमा ३ खर्ब ५० अर्ब रूपैयाँ खर्च गर्ने भनिएको थियो।

विदेशी विनिमयमा चापले अर्थतन्त्र अप्ठेरोतर्फ

चालु आवका ४ महिनामा मात्र एक खर्ब ५५ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति घटेको छ। विभिन्न माध्यमबाट नेपाल भित्रिने विदेशी पैसाभन्दा नेपालबाट बाहिर जाने विदेशी मुद्रा प्रतिमहिना औसतमा ४० अर्ब रुपैयाँ बढी गएको छ।

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो। फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ।

तीन महिनामा पौने १८ अर्बको खाद्यान्न आयात

चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको बेमौसमी वर्षाले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले चामल आयात अझै बढ्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्