१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल लाइफ इन्स्योरेन्स देशकै नं. १ भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई नेपालकै नम्बर १ दाबी गरेको छ। उक्त दाबीसँगै कम्पनीले ‘नम्बर १’ नामको अभियान सार्वजनिक गरेको छ। जीवन बिमाको महत्व र आवश्यकताबारे  सचेतना फैलाउन मंगलबारदेखि अभियान सुरु गरेको कम्पनीले जनाएको छ।

चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमाससम्म कम्पनीसँग एक सय १८/७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ बिमालेख जारी, ४०/५० अर्बको दाबी भुक्तानी, ७/१९ अर्ब रूपैयाँको चुक्ता पुँजी पुगेको र यो अरूको तुलनामा बढी भएको कम्पनीले दाबी गरेको छ। यो देशकै १ नम्बर  जीवन बिमा कम्पनी भएको दाबी पुष्टि गर्न तथ्यपरक प्रमाण प्रस्तुत गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: ७ पुस २०७८ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App