coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सात महिनामा करिब २५ अर्व राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा करिब २५ अर्ब राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २४ अर्व ८४ करोड ४१ लाख ५२ हजार रूपैयाँ राजस्व संकलन गरेको हो।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा करिब २५ अर्व राजस्व संकलन गरे पनि लक्ष अनुसार भने संकलन गर्न सकेको छैन। विराटनगर भन्सारले ७ महिनामा २८ अर्व ४३ करोड ७७ लाख ५२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष राखेको थियो। विराटनगर भन्सारले चालु आर्थिक वर्षको सुरुवाद देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन।

विराटनगर भन्सार कार्यालयका अनुसार साउन महिनामा ३ अर्व ४३ करोड ९१ लाख ६१ हजार राजस्व लक्ष तोकिए पनि विराटनगर भन्सार कार्यालयले ३ अर्व ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

यस्तै भदौ महिनामा ४ अर्व १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा ३ अर्व ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। असोज महिनामा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष तोकिएकोमा ३ अर्व ७९ करोड २४ लाख १९ हजार  रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

यस्तै कात्तिक महिनामा ४ अर्व २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्व ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। मंसिरमा विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्व ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ मात्रै राजस्व संकलन  गरेको छ।

यस्तै पुस महिनामा ४ अर्व ३० करोड ५ लाख ६८ हजार रुपैयाँ राजस्वको लक्ष पाएकोमा विराटनगर कार्यालयले ३ अर्व २७ करोड ६१ लाख ७० हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। माघ महिनामा विराटनगर भन्सारले ४ अर्व ४४ लाख ५३ हजार रुपैयाँ लक्ष पाएकोमा ३ अर्व ५ करोड १५ लाख ६६ हजार रुपैयाँ राजस्व असुली गरेको छ।

विराटनगर भन्सारले साउन महिनामा लक्षको ९६.५६ प्रतिशत, भदौमा ९३, असोजमा ९२.६२ कात्तिकमा ८४.१३, मंसिरमा ९४.४६, पुसमा ७६.१८ र माघमा ७६.२१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। विराटनगर जोड्ने भारतको जोगवनी नजिकको मिगञ्ज पुल भासिएका कारण विराटनगर नाकाबाट आयात गर्दै आएका उद्योगी व्यवसायी अन्य नाकामा डाइभर्ट भएको  र सरकारले आयातमा गरेको कडाइका कारण आयात प्रभावित हुँदा विराटनगर भन्सार कार्यालयले लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयमा प्रवक्ता रामचन्द्र ढुंगानाले बताए।

विराटनगर नाकाबाट मोटरसाईकल, पेट्रोलियम पदार्थ, तयारी कपडा, पोलिथिन दाना, एलपी ग्याँस, स्ट्रिल वायर रड, एसएम विलेट, सुर्यमुखिको कच्चा तेल, भटमासको कच्चा तेल, पामको कच्चातेल लगायतका वस्तुहरू धेरै मात्रामा आयात हुने गरेका छन्। यस्तै भटमासको प्रशोधित तेल, प्रशोधित पाम तेल, जुटबाट बुनिएका कपडा,सेन्थेटिक यार्न, कपडा, जुटको बोरालगायतका वस्तुहरू निर्यात हुने गरेका छन्। 

प्रकाशित: ८ फाल्गुन २०७८ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App