३ असार २०८१ सोमबार
image/svg+xml

रासायनिक मललाई पाँच अर्ब अपुग

माग अनुसारबजेट विनियोजन नहुँदा रासायनिक मलको अझै अभाव हुन सक्ने भन्दै कृषि मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन्। सरकारले चालु आवमा करिब चारलाख मेट्रिक मल आयात गरेरबिक्री गर्ने योजना बनाएको थियो।

कास्कीमा रासायनिक मल पर्याप्त

बर्खा सुरु भइसकेको छ। किसान खेत ओर्लिसकेका छन्। असारे चटारोसँगै किसानलाई रासायनिक मलको चिन्ता भने छैन। विभिन्न जिल्लामा रासायनिक मल पर्याप्त नहुँदा किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए। कास्कीमा भने रासायनिक मलको अभाव नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ।

‘रासायनिक मलको अभाव र अपुगको गुनासो छैन’

विभिन्न जिल्लामा रासायनिक मलको उपलब्धता नहुदाँ किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए । तर कास्कीमा भने रासायनिक मलको अभाव भने नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ ।

भारतीय रासायनिक मल बरामद

केही चिया उद्योगले भारतबाट अवैध रूपमा रासायनिक मल ल्याएर किसानलाई बेचिरहेको चर्चा चलेका बेला ‘उद्योगनजिक’बाटै मल बरामद भएको हो।

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ। रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो।

डेढ लाख टन मल मौज्दात

किसानले खेती लगाउने बेला रासायनिक मलको अभाव झेल्दै आइरहेको बेला यो वर्ष करिब डेढ लाख मेट्रिक टन मल मौज्दात हुन पुगेको छ। मकै, चैते धान, तरकारी लगायत बालीका लागि एक लाख ६२ हजार मेट्रिक टन मौज्दात राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘यो वर्ष किसानले मलको अभाव झेल्नु पर्दैन,’ मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले भने, ‘पर्याप्त स्टक छ।’

बङ्गलादेशको रासायनिक मल आज नेपाल आइपुग्दै

नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ। बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो।

मल नल्याउने दुई कम्पनी कारबाहीमा

मल नल्याएपछि दुवै कम्पनीको धरौटी जफत गरेर कालो सूचीमा राख्ने निर्णय भएको कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णु पोखरलले बताए। पोखरेलका अनुसार ती दुई कम्पनीले डिसेम्बर पहिलो हप्ता मल ल्याउने प्रतिबद्धता जनाएका थिए।

बङ्गलादेशबाट रासायनिक मल खरीद सुरु

बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया सुरुआत भएको छ। सरकार र बङ्गलादेश सरकार ९सरकार–सरकारबीच जिटुजी० सम्झौताअनुसार मल खरीदको प्रक्रिया सुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ।

मल ल्याउन असमर्थ सरकार: विषयान्तर गर्न उद्योग खोल्नेबारे अध्ययन गर्दै

‘राजनीतिक नेतृत्वले आकांक्षा राख्नु स्वभाविक हो । तत्कालका लागि सम्भावना देखिँदैन । हामीसँग कच्चा पदार्थ छैन ।’

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ।

पैंचो मल पनि धान पाकेपछि

ठेक्का पाएका कम्पनीले नल्याएपछि बंगलादेशसँग सापटी मागिएको ५० हजार मेट्रिक टन युरिया प्रक्रियागत झन्झट र ढिलासुस्तीले कात्तिक–मंसिरमा मात्र आइपुग्ने भएको छ।

मल नहुुँदा किसानलाई सास्ती

हाइब्रिड धान छिटो र बढी फल्ने भए पनि यसको बीउसँगै विभिन्न रोग भित्रिएका छन् । यसै बेला रासायनिक मल अभावका कारण किसान प्रताडित छन् ।

मल नल्याउने ठेकदारमाथि कारबाही

तोकिएको समयमा मल नल्याएपछि ठेक्का कबोलेका सैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनी कारबाहीमा परेका छन्। उनीहरुसँगको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने तयारी भएको छ।

रासायनिक मल ल्याउन प्रधानमन्त्रीको अग्रसरता

मल ल्याउन ठेक्का पाएका दुई कम्पनीले समयमा मल नल्याएपछि सरकारले नयाँ विकल्प खोजेर बंगलादेशबाट ५० हजार टन युरिया मल सापटीमा ल्याउन लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्