दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ
काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।