६ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरा म्याराथन: आर्मीका धावकको वर्चस्व

१५औं संस्करणको पोखरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका धावकले वर्चस्व कायम गरेका छन्। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार सम्पन्न पोखरा म्याराथनको उपाधि उचाल्दै धावक राजन रोकायाले आर्मीको एथलेटिक्समा गर्विलो शाखलाई जोगाइराखे।

नेपाली भलिबल: गण्डकी र पुलिसलाई उपाधि

नेपाली भलिबलमा विभागीय वर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले शनिबार प्रथम टाइगर कप क्लब च्याम्पियनसिप भलिबलमा पुरुषतर्फको उपाधि जितेको छ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन शुरु

पोखरालाई खेलकुद सहरको रुपमा पहिचान दिलाउने उद्देश्य सहित आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शुरु भएको छ ।

आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो। यो खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनीले पाएको छ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार हुँदै

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामि शनिबार पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

नगरसभाबाट नयाँ विधेयक सर्वसम्मत पारित

पोखरा महानगरपालिकाको आठौं नगरसभा (विधान सभा) मा पेश गरिएको नयाँ विधेयकलाई नगरसभाको बैठकले सर्वसम्मत पारित गरेको छ ।

पोखरा–सिक्लेस खण्डको बिजयपुरमा नयाँ पक्किपुल

पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस जोड्ने सडक अन्तर्गत पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ को सिढिंकोमुख गारकाटेस्थित बिजयपुर खोलामा मोटरेबल पुल बनेको हो ।

पोखरा महानगरपालिकाको आठौं नगरसभा, पाँचवटा नयाँ ऐन टेबुल

पोखरा महानगरपालिकाको आठौं नगरसभामा(विधान सभा)ले पाँचवटा नयाँ विधेयक टेबुल गरेको छ ।

वर्ष दिनपछि गल्फको मन्थ्ली मेडल

वर्ष दिनपछि पोखरामा गल्फ शुरु गरिएको छ । चैत ११ गतेदेखि कोरोना कहरसँगै लकडाउनपछि ठप्प भएको गल्फ शनिबार प्रतियोगिता शुरुभएसँगै कोर्षमा खेलाडीको चहलपहल बढ्न थालेको हो ।

‘होटल क्वारेन्टिन’ प्रावधान बाधक

नेपाल घुम्न आउन चाहने विदेशीले भिसा पाउनकै लागि होटल बुकिङको प्रमाण अनिवार्य पेस गर्नुपर्ने भएपछि उनीहरू तर्सिने गरेको पौडेलले बताए।

क्षेत्रीय विमानस्थल, पोखराको पौरख

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण सक्न दिइएको ‘डेटलाइन’ आगामी जुलाई १० हो। बाहिरबाट झट्ट हेर्दा आयोजनाको गति तीव्र नै देखिन्छ। गौरवका भनिएका अन्यत्रका ठूला आयोजनाको भौतिक प्रगतिमा निकै ढिलाइ भइरहँदा निर्माण थालेको झन्डै ३ वर्षको अवधिमा यो विमानस्थल निर्माणमा भएको प्रगतिलाई पोखरेलीले सन्तोषजनक रूपमै लिएका पनि छन्। किनकि समष्टिगत भौतिक प्रगति पनि करिब ७० प्रतिशत भइसकेको छ।

‘पोखरा स्पोर्टस् अवार्ड’ बैशाखमा

खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाखमा गण्डकी प्रदेशस्तरीय ‘पोखरा स्पोर्टस अवार्ड’ गर्ने निर्णय गरेको छ ।

पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता नहुने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहभागितामा पनि असर पर्ने सम्भावना बढेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्