५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्थानीय तहमा ‘ह्वाइट गोल्ड’: कतै नदीमै, कतै खोसाखोस

‘स्थानीय तहका लागि ह्वाइट गोल्ड मानिएको ढुंगा गिटी, बालुवालाई निश्चित मात्रामा उत्खनन गर्नु ठीक हो तर अहिले जथाभावी भइरहेको छ । जथाभावी होइन, सन्तुलन मिलाएर निकाल्नुपर्छ । ५० औं वर्षदेखि नदीखोलामा जम्मा भएको सामग्री केही वर्षमै निकाले निमिट्यान्न पार्ने हो भने यसले दीर्घकालीन असर निम्त्याउँछ : दीपकबावु कँडेल, प्रमुख, पालुङटार नगरपालिका

पोखरा महानगरको कोभिड अस्पतालः ५५ शैयाबाट सेवा सुरु

एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ ।

औद्योगिक उत्पादनः बजार पुर्‍याउन नपाएपछि कटौती

कोरोना महामारीको दोश्रो लहरले पोखरा औद्योगिक क्षेत्रभित्र संचालित धेरै उद्योग मारमा परेका छन् । संचालनमा रहेका उद्योगले पनि उत्पादित बस्तु बजारसम्म पुर्‍याउन सकेका छैनन । बजारमा सामान पठाउन नसक्दा कतिपय उद्योगले उत्पादन नै कटौती गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : कम्तिमा ६ महिना पछाडि धकेलिने

कोरोना भाइरस संक्रमणका कारण निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा पुरा नहुने निश्चित भएको छ ।

पर्यटनमा बजेटः हरेक वर्ष घोषणा, तर कार्यन्वयन हुँदैन

चालु आर्थिक वर्षको बजेट कार्यन्वयन गर्ने कार्यविधि बन्न सातमहिना लाग्यो । अनि कार्यन्वयनमा आउँदा ठुला र पहुँचवाला व्यवसायीले मात्र लाभ लिन सके । साना र मझौला आकारका व्यवसायीले केही पाएनन । अहिले पनि आश गर्ने ठाउँ छैन ।

पोखरा रंगशालाः कभर्डहलमा पार्केटिङ र क्रिकेट मैदान वरिपरि तारजाली गर्न बजेट

आर्थिक वर्ष सकिन डेढमहिना मात्रै बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न र क्रिकेट मैदानको वरिपरी तारजाली लगाउन बजेट उपभोक्ता समितिको खातामा पठाएको छ ।

पोखरामा स्वीमिङ पुल र सुटिङ रेन्जः वर्षेनी बजेट, तर काम हुँदैन

तीन वर्ष बित्यो, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिए लगत्तै बजेट विनियोजन गरियो । नेपालगन्जबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झण्डा पोखरा ल्याईयो । त्यसपछि खेलकुद पूर्वाधार निर्माणको लागि बजेट बनाईयो । पूर्वाधारलाई बनाईएको बजेट अनुसार मन्त्रालयबाट छुट्टाईयो । तर बजेट लगातार फ्रिज हुँदै आएको छ । पूर्वाधारको योजना अघि सारेपनि काम भने ठप्पै छ ।

पोखरा महानगरलाई सुझावः जोखिम न्यूनीकरण गर्ने भवन आचारसंहिता बनाउनुपर्छ

पोखरा आफैंमा भूकम्पीय जोखिम क्षेत्र हो । त्यसमा पनि ताल किनार अझ बढी प्रभावित क्षेत्र हुन् । ताल किनार क्षेत्रमा ठुला भौतिक पूर्वाधार निर्माण गर्न नहुने ताल अध्ययन समितिको ठम्याई छ ।

चिकित्सक भन्छन्ः बिरामीलाई पाइपबाट वितरण गर्दा पोखरामा अक्सिजनको माग थाम्न सकेका हौं

राजधानीसहित बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज लगायतका सहरमा कोरोनाको दोश्रो लहरसँगै बिरामी थपिँदा अस्पतालमा अक्सिजनको चरम अभाव छ । अस्पतालमा शैया र अक्सिजन नपाएर बिरामी हायलकायल छन् । स्थानीय अस्पतालमा उपचार नपाएपछि हेलिकप्टर चार्टर गरेर बिरामी पोखरासम्म आएका छन् ।

प्यारापिटको छानो छाउँदै

लामो समयदेखि रोकिएको पोखरा रंगशाला फुटबल मैदानको प्यारापिटको छानो छाउन थालिएको छ । भारतीय प्राविधिक नआउँदा लामो समयदेखि प्यारापिटको छानो छाउने काम रोकिएको थियो ।

महानगरकै अग्लो भागमा खेल मैदान बन्दै

आर्थिक वर्ष सकिनै लाग्दा पोखरा महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणमा भने तिब्रता दिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम भईरहेको छ ।

ठूला सहरबाट बिरामी आउँदा पोखराका अस्पतालमा चाप

राजधानी काठमाडौं सहित वुटबल, भैरहवा, दाङ, नेपालगञ्जका अस्पतालमा कोरोना बिरामीका लागि शैया र अक्सिजन तथा भेन्टिलेटर अभाव छ । अस्पतालमा उपकरण र अक्सिजन अभाव भएका ती ठाउँका बिरामी अहिले उपचार खोज्दै धमाधम पोखरा आउन थालेपछि यहाँका अस्पतालमा चाप बढ्दो छ ।

क्याम्पस भवन बनाउन पाँच लाख सहयोग

विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखि क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् ।

कहिल्यै खोजी हुँदैनथ्यो अक्सिजन प्लान्टको

कोरोना भाईरस संक्रमणको दोश्रो लहर फैलिन सुरु हुनुअघि यहाँका अक्सिजन प्लान्टको अधिकांश उत्पादन अस्पताल बाहिरै खपत हुन्थ्यो । दुईवटाकै उत्पादन प्रयाप्त भएकोले पनि नयाँ लगानीकर्ता भित्रिएनन् । अरु बस्तु उत्पादन गर्ने उद्योग थपिँदै गर्दा अक्सिजनका प्लान्ट थप्नेतिर कसैको चाँसो थिएन ।

सम्झौता भएपनि बजेट आएन

पोखरा रंगशालाभित्रकै क्रिकेट मैदान संरक्षण गर्ने उद्देश्यसहित तारजाली(फेन्सिङ) लगाउन उपभोक्ता समितिसँग सम्झौता गरियो । दुवै सम्झौता गरिएको महिना दिन वित्यो । तर रकम खातामा नआउँदा काम अघि बढेन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्