६ आश्विन २०८१ आइतबार
image/svg+xml

दाङ र बुटवलमा अक्सिजन अभाव भएपछि बिरामी पोखरासम्म

राजधानी काठमाडौं सहित बुटवल, दाङ, नेपालगञ्जका अस्पतालमा त अक्सिजनको हाहाँकार नै हुन थालेको छ । बुटवलका अस्पतालले त अक्सिजन नभएको भन्दै बिरामी भर्ना लिनै छाडेका छन् । अन्यत्रका अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि अहिले पोखरामा उपचारकै लागि भनेर टाढा टाढाबाट समेत बिरामी आउन थालेका छन् ।

व्यवसायमा ताल्चा

कोरोना भाइरस संक्रमणको त्रासका कारण गतवर्ष चैतदेखि गरिएको लकडाउनले महिनौंसम्म व्यवसायमा ताला लाग्यो । संक्रमणबीच लकडाउन खुकुलो हुँदै जाँदा व्यवसायको ढोका पनि खुल्दै गयो । पछिल्लो समय वैशाख पहिलो सातासम्म व्यवसायले झन्डै कोरोना अघिकै आकार लिइसकेको थियो । तर, अचानक कोरोनाको दोश्रो लहर फैलिँदा व्यवसायमा पुन ताला लागेको छ ।

सुत्केरी तथा बच्चावार्डलाई कोरोना अस्पताल बनाइँदै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तगर्तको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नवनिर्मित सुत्केरी तथा बच्चा वार्ड भवनलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ ।

पोखरामा निषेधाज्ञामा कडाई (तस्बिरसहित)

कोरोना भाइरस संक्रमणको ‘चेकब्रेक’ गर्ने भन्दै कास्कीमा निषेधाज्ञा पालनामा कडाई गरिएको छ । कास्की प्रशासनले मंगलबार बिहानदेखि लागु हुनेगरि दश दिनसम्मका लागि निषेधाज्ञामा कडाई गरेको हो । निषेधाज्ञाको कडाइले पर्यटकीय सहर पोखरा सुनसान बनेको छ ।

कोरोनाले थलियो खेलकुद पूर्वाधारको काम

कोरोना भाइरस संक्रमणले पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट निर्माण कार्य एकवर्षदेखि थलिएको छ। काम फत्ते भएर राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिनुपर्ने समयमा एकवर्षदेखि कामको प्रगति हुनै सकेको छैन् ।

पोखरामा जोरबिजोरको नियम (फोटोफिचर)

कोरोना भाइरस संक्रमणको त्रासले कास्की प्रशासनले बुधबारदेखि पोखरा सहरभित्र सवारी आउजाउमा जोरविजोर प्रणालि लागु गरेको छ । जोरविजोरको नियम नमानि आफुखुसी सवारी चलाउनेलाई प्रहरीले रोकेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारीः पिपिई र मास्कसँगै अक्सिजन पर्याप्त छैन

कोभिडको दोस्रो लहर बिस्तारै बढ्दै गएको छ । पोखरा पनि दोस्रो लहरको चपेटामा पर्ने खतरालाई न्यूनिकरण गर्न स्वास्थ्यसँग सरोकार राख्ने निकायले पिपिई, मास्क र अक्सिजन पर्याप्त नहुँदा उपचारमा समस्या हुने जिकिर गरेका छन्।

प्रशिक्षणपछि सुपर लिग खेल्न पोखरा थण्डर्स प्रस्थान

कोरोनाको दोस्राे कहरसँगै भोलि शनिबारबाट फुटबलको फ्रेन्चाईजि लिग नेपाल सुपर लिग सुरु हुँदैछ। झण्डै डेढ साताको बन्द प्रशिक्षणपछि पोखरा थण्डर्स सुपर लिगको लागि प्रस्थान गरेको छ। ५ पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको किकअफको तयारीमा छ।

पोखरा रंगशाला बैशाख मसान्तसम्म बन्द

कोरोनाको संक्रमण बढेसँगै पोखरा रंगशालामा खेलकुदका गतिविधिमाथि रोक लगाइएको छ। जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले सूचना जारी गर्दै बैशाख मसान्तसम्म पोखरा रंगशाला बन्द गरिएको जनाएको छ।

बुद्धले पोखराबाट नेपालगन्ज, विराटनगर र सिमरा उडान गर्ने

नजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई आधार बनाएर ‘क्रस सिटी’ उडान थाल्ने तयारी गरेको छ। वैशाख १८ गतेदेखि विभिन्न गन्तव्यमा उडान गर्ने बुद्धले बताएको छ। आन्तरिक र भारतीय पर्यटकलाई लक्ष्य गर्दै उडान गर्न थालेको बुद्धले बताएको छ।

वैशाख मसान्तभित्र वार्षिक परीक्षा सक्नुः पोखरा महानगरपालिका

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।

नयाँ वर्षमा पोखराः मुखमा मास्क छैन, भौतिक दूरी त परैको कुरो

पर्यटकीय सहर पोखरा नेपाली नयाँ वर्षमा मस्त रमाएको छ । मानौ, पोखरामा कोरोनाको त्रास शुन्यमै झरिसकेको छ भन्ने यहाँको भीडभाडले देखाएको छ ।

साहसिक पर्यटक पर्खिदै बञ्जी

साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प संचालनमा आउने भएको छ । एकवर्ष अघि नै संचालन गर्न ठिक्क पारिएको बञ्जी कोरोना भाईरस संक्रमणका कारण चलाउन पाइएको थिएन । बुधबारदेखि बल्ल बञ्जी संचालनमा आउने संचालकले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्