६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रशिक्षणपछि सुपर लिग खेल्न पोखरा थण्डर्स प्रस्थान

काठमाडौं प्रस्थान गर्नु अघि पोखरा रंगशालामा सामूहिक तस्बिरमा पोखरा थण्डर्सका खेलाडीहरु । तस्बिरः उमेश पुन/नागरिक

कोरोनाको दोस्राे कहरसँगै भोलि शनिबारबाट फुटबलको फ्रेन्चाईजि लिग नेपाल सुपर लिग सुरु हुँदैछ। झण्डै डेढ साताको बन्द प्रशिक्षणपछि पोखरा थण्डर्स सुपर लिगको लागि प्रस्थान गरेको छ। ५ पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको किकअफको तयारीमा छ।  

नेपालमै पहिलो पटक फुटबलको फ्रेन्चाईज लिगमा उपाधि उचाल्ने योजनासहित पोखरा थण्डर्ससहित डेढ साता पोखरा रंगशालामै प्रशिक्षण गरेर फर्किएको हो। तीन अफ्रिकन खेलाडी छन्। स्वदेशी र विदेशी खेलाडीको कम्बिनेशनले उपाधि उचाल्ने लक्ष्य पोखरा थण्डर्सको छ।  

‘हिजोदेखि ट्रेनिङ सुरु गर्‍यौं। अझै पोखरा रंगशालामा एकसाता अर्थात २० तारिखसम्म टे«निङ गर्छौ। र काठमाडौं प्रस्थान गर्छौ’ पोखरा थण्डर्सका टिम निर्देशक जाम्लिङ घलेले भने–‘विहान र बेलुकी दुई समय प्रशिक्षण गर्दै आएका छौं।’ पोखरा थण्डर्स टोली पोखरा रंगशाला र सहारा क्लबको दोविल्लास्थित सहारा एकेडेमीस्थित मैदानमा समेत प्रशिक्षण गरेको थियो।  

पोखराको टोली पोखरामै आएर प्रशिक्षण गरेपछि खेलाडीमा नयाँ उर्जा र उत्साह थपिएको विश्वास छ। फ्रेन्चाईज फुटबलले मोफसल एवं विशेष गरी पोखराको फुटबलमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। नेपाली फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, मनबहादुर तामाङ, भिषन गुरुङ, अजित भण्डारी र दिप कार्की(गोलकिपर) पोखरा थण्डर्समा आवद्ध छन्।  

उनीहरुसँगै अन्य ए डिभिजनका क्लबहरुका खेलाडीहरु छन्। ती बाहेक नेपालमा नकाउट फुटबल खेल्न आईपुगेको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनका तीन सदस्यलाई समेत पोखरा थण्डर्सले आफ्नो टोलीमा समावेश गरिसकेको छ। क्यामरुनी सदस्यमा मोउसा, रिम र के.यान्निक रहेका छन्। तीन अफ्रिकन खेलाडीले नेपाल नकाउट फुटबल प्रतियोगितामा आफ्नो छाप छोडिसकेका छन्।

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा बैशाख ११ गतेदेखि विभिन्न ६ शहरका फ्रेन्चाईज टोलीको नेपाल सुपर लिग सुरु हुँदै छ  उद्घाटन खेल काठमाडौं रेजर्सले ललितपुर सिटीसँग खेल्ने छ। बैशाख १२ गते पोखरा थण्डर्सले बुटवल लुम्बिनी एफसीसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: १० वैशाख २०७८ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App