१६ वैशाख २०८१ आइतबार
image/svg+xml

गण्डकीका नयाँ मुख्यमन्त्रीः अधिकारी कि चुमान ?

केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत पाए पनि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योल छ। गण्डकीमा नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन सकस देखिन्छ।

नक्कली खोरलाई होइन, दूधलाई अनुदान दिईन्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबदेखि दूध उत्पादनलाई हेरेर अनुदान वितरण गरिने बताएका छन्।

मुख्यमन्त्रीहरुको अन्तरप्रदेश भेला स्थगित

पोखरामा बुधबार हुने भनिएको सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थागित भएको छ। प्रधानमन्त्रीलाई दवाब दिन हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको हो।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि शनिबार विश्वासको मत लिने भएका छन्। माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबारविश्वासको मत लिने भएका हुन्।

मधेस सरकारको लोकप्रिय ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सामुदायिक विद्यालयमा अध्यनरत्त छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

‘यातायातमा छिट्टै सुधार आउँछ’

मुख्यमन्त्री शाहीले अनलाइनमार्फत सेवा शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशक्तिका लागि प्रदेश सरकारसँग माग गर्न र बिचौंलियालाई कार्यालय हाताभित्र प्रवेश निषेध गर्न निर्देशन दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्