नेपाल प्रहरीमा थपियो एक एआईजी र पाँच डीआईजीको दरबन्दी
सरकारले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ।
सरकारले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ।
सशस्त्र प्रहरी बलका ३८ इन्सपेक्टर (सशस्त्र प्रहरी निरीक्षक) डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिसमा परेका छन्।
गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरेको छ।
प्रहरी सहायक निरीक्षक बिक र जवान साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको थियो। कात्तिक १ गते साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका असई र प्रहरी जवानलाई धारिलो हतियारले हत्या गरेको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो।
कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन। अभियोग लाग्दैमा व्यक्तिलाई दोषी मान्नु र सो अनुसार व्यवहार गर्नु हुँदैन। तर, सुनसरीको इटहरीमा बिहीबार राति एक युवतीले अभियोग लागेपछि आत्महत्या गरेकी छन्।
धनगढी–१०, वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी पक्राउ परेका छन्।
समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको विरूवा रोपेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ।
नेपाल–भारत सीमा नजिकै नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परेको हो।
‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।
कोरोना संक्रमणलाई ध्यानमा राखी नेपाल प्रहरीले प्रविधिसहितको दसैंलक्षित सुरक्षा योजना ल्याएको छ। जनशक्ति कम प्रयोग र प्रविधिको बढी प्रयोग गरी यस वर्ष उपत्यकामा सुरक्षा चुस्त राख्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो।
सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको छ। शनिबार सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखाले सूचनामार्फत १ हजार ८ सय ३३ जवानका लागि भर्ना खुलाएको हो।
मनोरञ्जन तथा कला क्षेत्रमा नेपाल प्रहरीको पोसाक दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबै निकायलाई यसबारे सचेत गराएको छ।