२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरी पोसाक अन्यत्र प्रयोग गर्दा अनुमति लिनुपर्ने

मनोरञ्जन तथा कला क्षेत्रमा नेपाल प्रहरीको पोसाक दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबै निकायलाई यसबारे सचेत गराएको छ। प्रहरी कार्यालयको अनुमतिबिना प्रहरी बर्दी, चिह्न वा कुनै प्रहरी पोसाकको दुरुपयोग नगर्न प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो।

विज्ञप्तिमा चलचित्र, टेलिचलचित्र, सर्ट मुभिज, प्रांक भिडियो, सांगितिक भिडियो, टिकटक, टेलिभिजन कार्यक्रम तथा स्टेज कार्यक्रममा प्रहरी पोसाकको दुरुपयोग नगर्न आग्रह गरिएको छ। ‘प्रहरी पोसाकको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ। प्रधान कार्यालयले प्रहरी पोसाक प्रयोग गर्नुपूर्व प्रहरी कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था लागु भइसकेको जनाएको छ। प्रहरीको अनुमतिबिना प्रहरी पोसाक र दज्र्यानी चिह्नको प्रयोग भएमा कानुनी कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ आश्विन २०७७ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App