८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी कार्यालयमा उजुरी पर्दा एक युवतीद्वारा आत्महत्या

कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन। अभियोग लाग्दैमा व्यक्तिलाई दोषी मान्नु र सो अनुसार व्यवहार गर्नु हुँदैन। तर, सुनसरीको इटहरीमा बिहीबार राति एक युवतीले अभियोग लागेपछि आत्महत्या गरेकी छन्।  

सामाजिक स्वाभिमान र इज्जतका डरले गर्दा अभियोग लागेकै आधारमा मोरङ लेटाङ् घर भई इटहरी वडा नं. १२ को रिलायन्स स्पिनिङ् मिलमा कार्यरत २३ वर्षे सिर्जना राईंले आत्महत्या गरेको प्रहरीको दावी छ।  

घटनाक्रम अनुसार दुई दिनअघि मिलमै कार्यरत उदयपुर वेलकाकी २८ वर्षे प्रनिसा राईंको कोठाबाट ६२ हजार रुपैयाँ हरायो। प्रनिसा र सिर्जना मिलकै आवासीय वल्लोपल्लो कोठामा बस्थे। सिर्जनाको कपाल बाध्ने सामग्री प्रनिसाको कोठामा भेटेपछि पैसा लगेको आशंका गरिन्। र, प्रनिसाले सिर्जनालार्ईं सोधिन्। त्यसरी आशंका गरेर सोधीखोजी गर्दा सिर्जनाले ‘मैले पैसा चोरेको हैन तिर्नु परे तिरौला’ भनेर कागज गरिन्।

उद्योग प्रशासन समक्ष पैसा हराएको विषय पुगेको थियो। तर, उद्योग प्रशासनले पनि आफै मिल्न सुल्झाएको थियो। सिर्जनाले बिहीबार ‘पैसा मैले लगेको छैन, तिर्दिन’ भने पछि प्रनिसाले प्रहरीमा उजुरी गरेको थिईन्।  

प्रहरीले शुक्रबार सिर्जना र प्रनिसालाईं छलफलका लागि डाकेको थियो। तर, बिहीबार राति नै सिर्जनाले आत्महत्या गरेको प्रहरीले जनायो। ‘उजुरी परेपछि युवतीले बाथरुममा आत्महत्या गरेकी छन्,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले भने, ‘घटनाबारे केही बुझ्नै मौका नपाउँदै आत्महत्या गरेपछि कारण खुल्नै सकेन।’  

मृतकका आफन्तले भने शुक्रबार उद्योग क्षेत्रमा केही बेर ढुंगामुढा प्रहार गरे। मृतकका आफन्तसँग बसेर सम्झौता गर्न माग राखेर उद्योग अगाडि ढुंगामुढा प्रहार गरेको उद्योगका प्रमुख प्रशासकीय अधिृकत महेष पोखरेलले बताए।

प्रकाशित: २१ कार्तिक २०७७ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App