४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्।

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ।

आध्यात्मिक सन्देश दिन देउसी-भैलो

आधुनिकीकरणका नाममा मौलिक संस्कृति धरापमा पर्दै गएको छ। मादल, मजुरा, खैंजडी, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी–भैलो खेल्ने परम्परा हिजोआज म्याग्दीमा बिरलै देखिन्छ।

मकवानपुरमा देउसीभैलो राती ९ बजेसम्म मात्र

यस वर्षको तिहारमा मकवानपुरमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिएको हो।

भक्तपुरमा गरियो म्हः पूजा र देउसीभैलो

भक्तपुरमा आज शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ। जिल्लास्थित व्यासीमा रहेको एक बिद्यालयका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए।

काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने, मर्यादित भएर खेल्न मेयर बालेनको अनुरोध

महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत यो वर्षको तिहारमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जानकारी दिएका हुन।

देउसीभैलोको रकम अग्नी पीडितलाई

‘क्लबको आयोजनामा देउसीभैलो खेल्दा जम्मा भएको रकमबाट सामान खरिद गरी सहयोग गरेका छौं,’ उनले भनिन्, ‘सोही सामग्री उहाँलाई हस्तान्तरण गरेका हौँ। चाडपर्वको बेला बेसहारालाई सहयोग गर्न पाउँदा एकदमै खुसी छौं।’

मौलिक देउसीभैलो जोगाउँदै पाल्पाका युवा

गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो। बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो।

देउसीभैलो दिउँसो मात्र

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध रहेको छ।

बसले ठक्कर दिँदा दुईको मृत्यु, आठ घाइते

तीव्र गतिमा रहेको रात्री सेवाको बसले सडकमै देउसी खेलिरहेको समूह नजिकै पुगेपछि सन्तुलन गुमाएर समूहलाई ठक्कर दिन पुगेको बताइएको छ।

कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ।

खेलकुदजन्य गतिविधि गर्न र देउसी खेल्न नपाईने

कोरोना भाइरस समुदायस्तरमै देखिएको अवस्थामा महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा समेत देउसीभैलो कार्यक्रम सञ्चालन नगर्ने भएकाले सबै स्थानीय तहमार्फत सूचना समेत जारी गरिएको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताए।

को हुन् बलिराजा ?

बलिराजासम्बन्धी पौराणिक, ऐतिहासिक र सांस्कृतिक विवरण प्राप्त गर्न सकिन्छ । यी विवरणका आधारमा हेर्दा जुन–जुन तरिकाले र जहाँ जसरी भए पनि तिहारमा खेलिने देउसी–भैलोको सम्बन्ध जुम्ली राजा बलिराजाको विवरण केही करिब देखिन्छ ।

उदयपुरमा देउसी भैलो खेल्न रोक

कोभिड महामारीबाट बच्न र बचाउन यसवर्षको तिहारमा परम्परागत देउसी भैलो खेल्न प्रशासनले रोक लगाएको छ। दसैंपछि लगातार संक्रमितको संख्या बढ्दै गएकोप्रति सचेत हुँदै विगतमा जस्तो यो तिहारमा देउसी भैलो खेल्न र छठ पर्वमा खोला नदीमा भेला जमघट हुन प्रशासनले रोक लगाएको हो।

सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा, देउसी भैलो खेल्न पनि निषेध

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्