६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

गण्डकी प्रदेशः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए सपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन्। विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन्।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले सपथ लिएका हुन्।

गण्डकीमा पाण्डे र लुम्बिनीमा चौधरी मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन।

कांग्रेसका सुरेन्द्र पाण्डेले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकारका लागि आह्वान गरेपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।

लुम्बिनीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्। उनले संविधानको धारा १६८ (२) अन्तर्गत सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८(२) अन्तर्गत संयुक्त बहुमतको सरकार गठन गर्नुपर्ने हुन्छ।

लुुम्बिनी प्रदेशः मुख्यमन्त्रीले पाएनन् बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मागे बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत मागेका छन्। अहिले जारी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले बिश्वासको मत मागेका हुन्।

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएनन्

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन सकेनन्।गण्डकी प्रदेशसभामा आज उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिन लागेका हुन्।

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत नपाउने पक्का

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने भएका हुन्। त्यसको लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

गण्डकी सरकारको सयदिने उपलब्धिः मन्त्रालय संख्या घटाउनेदेखि ऐन निर्माणसम्म

सरकार बनेदेखि कहिले मन्त्रालय घटाउन त कहिले मन्त्री चयनका लागि प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली गुहार्न काठमाडौं धाएर समय खेर फालेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सयदिने उपलब्धिमा सामान्य अनि नियमित कामसमेत समावेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्