३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए सपथ

सरस्वती तिवारी र सुशीला सिंखडा मन्त्री नियुक्त

सपथ लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे। तस्बिरः उमेश पुन/नागरिक

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन्। विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन्। 

यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गरेका छन्। उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।  

नवनियुक्त मन्त्री तिवारी स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी हुन् भने उनी समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी हनु्। त्यस्तै, माओवादी केन्द्रकी सिंखडा गोरखा जिल्लाबाट समानुपातिक सांसद हुन्।नवनियुक्त मन्त्रीहरुलाई कुनैपनि जिम्मेवारी तोकिएको छैन। उनीहरुलाई बिना विभागीय मन्त्रीको हैसियतमा सपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। दलहरुबीच भागवण्डा नमिलिसकेकाले मन्त्रालय नतोकिएको श्रोतले बताएको छ।

सपथ समारोहमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, मुख्य सचिव, मुख्य न्यायाधिवक्ता, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, राजनीतिक दलका नेतालगायतका उच्च पदस्थ अधिकारीहरु सहभागि थिए।

प्रकाशित: १५ वैशाख २०८० ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App