१५ मंसिर २०८१ शनिबार
image/svg+xml

वर्षामा पनि रसुवागढी नाकाका दुवै सडक सञ्चालन गरिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक वर्षाको समयमा पनि नियमित सञ्चालनमा ल्याइने भएको छ। वर्षाको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई हटाएर नियमित रूपमा यातायात सञ्चालन गरिने भएको हो।

पाँच करोड भ्रष्टाचार गरेको अभियोगमा लेखापालविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको अनुसन्धानबाट खुलेकाले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको जनाएको छ।

कलङ्कीमा पनि ‘पिक एण्ड ड्रप’

कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो। ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ।

सार्वजनिक यातायातमा ‘जीवन यात्रा’

सूर्यबहादुर राईले यातायात क्षेत्रमा मजदूरी गर्न थालेको १४ वर्षभन्दा बढी भइसक्यो। धनकुटा हिलेबाट आएका उनी सवारीको सहचालकदेखि चालकसम्म लामो यात्रा कठिनताका साथ तय गरे। यात्राको क्रममा उनको सवारीमा थुप्रै प्यासेन्जर चढे अनि ओर्लिए। तर, एक प्यासेन्जर भने उनको गाडीमा चढिन। तर, उत्रिनन्। तिनै यात्रु, भक्तपुर, चाँगुनारायणकी मिना श्रेष्ठले चालक राईसँगै आफ्नो जीवन यात्रालाई अगाडि बढाउदै छिन्।

यी हुन् नेपाल - चीनबीच भएका सम्झाैता

सोमबार भएको सम्झौताहरुमा सबैभन्दा महत्वपूर्ण नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकल छ। १७ बुँदा रहेको सो प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरेका छन्।

चर्चा मात्रै धेरै, उपलब्धि थोरै

सरकारले यातायात सिन्डिकेटको अन्त्य र ‘कामचोर’ ठेकेदारलाई कारबाही गर्ने भनेर जुन रूपमा सस्तो प्रचारप्रसार ग-यो। तर सरकार अन्ततः आफ्नैले गरेको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा उक्त निर्णय अधकल्चोजस्तै बनेको छ।

डडेलधुरा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे

दुर्घटनामा परी पाँच जनाकाे घटनास्थलमै ज्यान गएकाे थियाे भने एक जनाकाे उपचार क्रममा धनगढी लैजाने क्रममा निधन भएकाे हाे । गम्भीर घाइते विहारका १८ बर्से माेहम्मद गुलजार भएका प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीले जानकारी दिए।

डडेल्धुरा बस दुर्घटनाः मृत्यु भएका पाँच जनाको सनाखत, ६ को अवस्था गम्भीर (अपडेट)

भिमदत्त राजमार्गको शाहुखर्कमा यात्रु बाहक बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना पुरुष र दुई जना महिला छन्। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग अन्र्तगत गन्यापधुरा गाउँपालिका १ शाहुखर्कमा बस दुर्घटना भएको हो। बस यात्रुसँगै सामानले भरिएको थियो।

१५ हजार किलोमिटर संघको जिम्मा

देश संघीयतामा गएसँगै विकासका योजना तय, निर्माण र रेखदेखको सोही अनुसार बाँडफाँट हुन थालेको छ। नयाँ योजना अनुसार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि निर्माण भएका कुल सडकमध्ये १५ हजार किलोमिटर मात्र जिम्मा लिने जनाएको छ।

बन्द यातायात सुचारु

यातायात व्यवसायी पक्राउको विरोधमा आइतवार बिहानदेखि ताप्लेजुङमा बन्द भएका सवारी ९ बजेतिर खुलाइएको छ। सुरुमा १ घण्टाका लागि भन्दै खुलाइएको यातायात आजका लागि अब भने सुचारु हुने देखिएको पाथीभरा ट्याक्सी काउन्टरका सरण लाबुङले जानकारी दिए।

ताप्लेजुङमा आकस्मिक यातायात बन्द, तीर्थालुलाई समस्या

यातायात व्यवसायी पक्राउको बिरोधमा आइतवार बिहानदेखि ताप्लेजुङबाट छुट्ने यातायातका सवारी साधन सञ्चलनमा रोक लगाईएको छ।

स्मार्ट लाइसेन्सको ठेक्का एमएसपीलाई

सरकारले कालोसूचीमा राख्नुपर्ने मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) लाई स्मार्ट लाइसेन्स छपाइसम्बन्धी आवश्यक उपकरण तथा कार्ड खरिदका लागि ठेक्का दिने तयारी गरेको छ। सम्झौताबमोजिम स्मार्ट लाइसेन्स छपाइ गर्न नसकेर उपभोक्तालाई सास्ती दिएको मद्रास सक्युरिटी प्रिन्टर्सलाई यातायात व्यवस्था विभागले अर्को ठेक्का दिन आशय पत्रको सूचना निकालेको पाइएको छ। विभागका कम्प्युटर निर्देशक श्रीचन्द्र शाहले एमएसपीलाई ठेक्का दिनगरी प्रक्रिया अघि बढाएको बताए। विभागले एमएसपीलाई करिब २२ करोडमा ठेक्का दिनेगरी प्रक्रिया अघि बढाएको हो।

चलचित्र निर्माणमा निर्मल

यातायात व्यवसायी निर्मल मिश्र ‘लप्पन छप्पन २’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएका छन्। कैलालीको घोडाघोडी नगरपालिका १० का मिश्रले ‘लप्पन छप्पन’को सिक्वेलको रुपमा यसको भाग दुई बनाउन लागेका हुन्।

काठमाडौं महानगरमा अब राती १० बजेसम्म बस चल्ने

काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ पनि काठमाडौं महानगरपालिकाको नगरसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। ऐनमा अब महानगरसँग स्वीकृति नलिइकुनै पनि सवारीमा प्रचार सामग्री राख्न पाइने छैन। त्यसैगरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारीले कात्तिकदेखि माघ मसान्तसम्म बिहान ५ देखि राती ९ बजेसम्म र बाँकी महिना बिहान ५देखि राती १० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्ने छ।

तरकारी बोकेरै बजार पुर्‍याउँछन् किसान

साँखुस्थित खुलालटारका रमिला राई गत आइतबार जोरपाटी, नारायणटारमा तरकारी बेच्न ल्याउनको लागि तीन प्लास्टिक तरकारी लिएर बसमा चढ्नको लागि उनकै तरकारी बारी अगाडि गएर रोडमा बस कुरिन। आधा घण्टासम्म कुर्दा बल्ल साँखुको एउटा बस आयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्