१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

सार्वजनिक यातायातमा ‘जीवन यात्रा’

सूर्यबहादुर राईले यातायात्र क्षेत्रमा मजदूरी गर्न थालेको १४ वर्षभन्दा बढी भइसक्यो।  धनकुटा हिलेबाट आएका उनी सवारीको सहचालकदेखि चालकसम्म लामो यात्रा कठिनताका साथ तय गरे। यात्राको क्रममा उनको सवारीमा थुप्रै प्यासेन्जर चढे अनि ओर्लिए। तर, एक प्यासेन्जर भने  उनको गाडीमा चढिन। तर, उत्रिनन्। तिनै यात्रु, भक्तपुर, चाँगुनारायणकी मिना श्रेष्ठले चालक राईसँगै आफ्नो जीवन यात्रालाई अगाडि बढाउदै छिन्।
‘चार वर्षअगाडि भक्तपुर क्षेत्रमा चल्ने मेरो गाडीमा  उनी चढेकी हुन्,’ उनले भने, ‘यही क्रममा पलाएको हाम्रो प्रेम दुई वर्षदेखि वैवाहिक सम्बन्धमा गाँसिएको छ।’
अहिले मूलपानी–थानकोट चल्ने बा५ख ४२८३  नम्बरको गाडीमा कार्यरत उनीहरूको जीवनमा  डेढ वर्षीय छोरा मनिषको आगमन भएको छ। ‘यो हाम्रो यात्रु हैन नि,’ सूर्यबहादुरले हाँस्दै भने, ‘बरु यसको भविष्य हाम्रो जीवनको गन्तव्य बनेको छ।’
आफूहरूको सन्तानको भविष्यको लागि दिनरात काममा जुट्ने गरेको उनीहरूले बताए। उनीहरू हरेक बिहान ४ बजे उठ्छन् र साँझ ९ बजेतिर घर फर्कन्छन। यो क्रममा ६ पटकसम्म मूलपानी–थानकोट ओहोर–दोहोर गर्छन्। ‘जीवन रमाइलै छ,’ मिनाले भनिन्, ‘सधैं खुसीसँग अगाडि बढोस् भन्ने चाहन्छु।’

‘मलाई बसमा यात्रा गरेको भन्दा पनि श्रीमानसँग यात्रा गरेको महसुस हुन्छ,’ सहचालक मिनाले भनिन्, ‘यात्रा पनि रमाइलो हुन्छ आर्थिक बचत पनि राम्रो हुन्छ।’

उनीहरूको प्रेम कथा पनि रमाइलो छ। भक्तपुर, चाँगुनारायणकी मिना श्रेष्ठले विद्यालय आउने क्रममा प्रेममा परेको सुनाइन्। ‘एक घण्टा पैदल हिँडेर आउनु पर्थ्यो,’ उनले भनिन्, ‘गाडी चढ्न पाएको दिन निकै खुसी मिल्थ्यो।’
पैदल यात्राबाट दिक्क भएर त हैन सवारी  चालकको व्यहवारबाट प्रभावित भएर आफू प्रेममा परेको उनले सुनाइन्।
चालकसँग विवाह गरेकी मिना उक्त गाडीमा सहचालकको रूपमा आफै जाने गर्छिन्। विगतका सहचालकले यात्रुसँग झगडा गरेर हैरान खेलाएको सम्झना गर्दै सूर्यबहादुरले अहिले आनन्द भएको सुनाए। ‘अब मलाई केही टेन्सन छैन,’ उनले भने, ‘उनी यात्रुसँग राम्रोसँग बोल्छिन्, कमाई पनि राम्रै हुन्छ।’

पैदल यात्राबाट दिक्क भएर हैन सवारी  चालकको व्यहवारबाट प्रभावित भएर आफू प्रेममा परेको उनले सुनाइन्।

सहचालकको रूपमा काम गर्न पाउँदा मिनापनि खुसी छिन्। ‘मलाई बसमा यात्रा गरेको भन्दा पनि श्रीमानसँग यात्रा गरेको महसुस हुन्छ,’ उनले भनिन्, ‘यात्रा पनि रमाइलो हुन्छ बचत पनि राम्रो हुन्छ।’
सहचालकको रूपमा काम गर्दा कतिपय यात्रुले भने अचम्म मानेर हेर्ने गरको उनले सुनाइन्। ‘बसमा बसौ बसौ भन्दा धेरैले अचम्म मानेर हेर्छन्,’ उनले भनिन्, ‘म नै यो गाडीको सहचालक हो भनेपछि चढ्छन्।’
बसमा यात्रु गर्दा कसैले बैनी अनि कसैले छोरी  भन्दा धेरै खुसी मिल्ने गरेको उनले सुनाइन्।
चालक सूर्यबहादुर र उनकी धर्मपत्नी सहचालक मिना।

 

प्रकाशित: २१ वैशाख २०७६ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App