११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वास मत नदिन नाउपा अध्यक्ष श्रेष्ठको ह्विप

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप जारी गरेकी छन्।

उपप्रधानमन्त्री श्रेष्ठले सुनाए चीन भ्रमणका उपलब्धिहरू

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराएका छन्।

शिक्षा मन्त्रालयको इन्टर्नसिप कार्यक्रममा राजनीति नगर्नुहोला: शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयले इन्टर्नसिप मार्फत विद्यार्थीलाई काम सिकाउन लागेको बताएकी छिन्।

कृषिमा आधुनिकीकरण गर्ने गरी कृषि नीति बनाइरहेका छौँः मन्त्री ज्वाला

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छिन्।

गण्डकीका मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

बढ्दो युवा पलायन,जनशक्तिको अभाव,बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ।

उपकुलपति नै निरीह, असुरक्षित

रेक्टर र रजिस्ट्रार नियुक्ति दबाब थेग्न नसकेर उपकुलपति केशरजंग बराल यतिबेला बिदामा बसेका छन्। आक्रमणको धम्कीपछि सुरक्षा गार्ड माग गरेका छन्।

निरन्तर संवादमा केपी र शेखर

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनु रहेको बताइरहे पनि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइराला निरन्तर संवादमा छन्।

जोगिएलान् लुम्बिनीका मुख्यमन्त्री ?: २२ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी २२ गते विश्वासको मत लिने भएका छन्।

धरानका मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री दाहाललाई

मंगलबार साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

‘शिक्षामन्त्रीले जस्तै गृहमन्त्री र रक्षामन्त्रीले प्रशिक्षार्थी प्रहरी–सेना राख्छु भने के हुन्छ ?’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद राजेन्द्रप्रसाद पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षा उत्प्रेरक परिचालन सम्बन्धी नीतिको विरोध गरेका छन्।

केन्द्रको निर्णयलाई चुनौती दिँदै शर्मा

मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनको अवज्ञा गर्दै राजकुमार शर्माले संसदबाट विश्वासको मत लिने तयारीमा छन्

बागमतीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री आलेमगरद्वारा शपथ ग्रहण

बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन्।

कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउन पहल सुरु

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमवार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउन पहल शुरु गरेका हुन्।

राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने तयारी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्