१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कृषिमा आधुनिकीकरण गर्ने गरी कृषि नीति बनाइरहेका छौँः मन्त्री ज्वाला

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने गरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छिन्।

उनले नेपालमा मकैको उत्पादन डरलाग्दो रुपमा घटिरहेको र सरकारले बनाइरहेको र मकैलाई बढावा दिनेगरी नीति निर्माण गरिरहेको बताइन्। 

उनले भनिन्,उनले ‘नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा पर्छ। मकैलाई प्रोत्साहन हुनेगरी,अझ किसानहरुलाई जो वास्तविक किसानहरुलाई पहिचान र सहानुभुति दिनेगरी कम्तिमा कृषिमा आधुनिकीकरण गर्ने गरी हामीले लैजान सक्यो भने किसानमा मात्र नभइ आम जनतामा जो जति बसेका छन आफ्नो-आफ्नो सेक्टरमा बसेर काम गरिरहनुभएको छ,सबैलाई उत्साह दिनेछ।’  

यस्तै,उनले स्थनीय सरकार, प्रदेश सरकार,संघीय सरकारसँग तीन वटै सरकारसँग जो हामी तीन खम्बे नीतिमा अघि बढ्ने प्रयासमा छौँ। तीन खम्बे नीति जहाँसम्म लाग्छ,निजी, सरकारी, सहकारीको हिसावले भन्ने हो भने कडाईका साथ कोर्डिनेशन दरोका साथ हामीले हातमा हात मिलाएर जान सकेनौँ भने यो समस्या विकराल बन्ने स्थिति छ। त्यसकारण यो नीतिलाई जोडतोडका साथ अघि बढाउने गरी सम्मेलनबाट सुझाव लिएर अघि बढ्न तथा मकैमा आत्मनिर्भर कसरी बनाउने नेपाललाई,त्यसका लागि के काम कारबाही अघि बढाउनुपर्छ ? त्यसमा हामीले जोड दिनुपर्छ।’उनले भनिन् ।

यस्तै,मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको र वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ।  

प्रकाशित: २१ चैत्र २०८० १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App