१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

विश्वासको मत लिने भए मंगलबार अपराह्न ३ बजेसम्ममा प्रदेश प्रमुखलाई जानकारी गराईसक्नुपर्ने थियो। तर, विश्वासको मतका लागि सूचना दिने समय गुजारेका उनले बुधबार प्रदेश प्रमुख भट्ट समक्ष राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पाण्डेले यथास्थितिमा विश्वासको मत पाउने अवस्था नदेखेपछि पदबाट राजीनामा दिएको बताए।

राजीनामा दिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले राप्रपाले २७ गते अगाडि सरकारबारे कुनैपनि निर्णय नगर्ने बताएपछि विश्वासको मत लिनुभन्दा राजिनामा दिनु उपयुक्त भएकोले राजीनामा दिएको बताए।

राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो पार्टी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुसँग छलफल गरेका थिए। छलफलमा उनले विश्वासको मत नपुग्ने अवस्थामा के गर्दा उपयुक्त हुन्छ भनेर सुझाव मागेका थिए।

सहभागी कांग्रेस सांसदहरुले विश्वासको मत नपुग्ने अवस्थामा राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। सोहि सुझाव अनुसार पाण्डेले प्रदेश प्रमुखसमक्ष राजिनामा दिएको बताइएको छ।

पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन्। राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ गठबन्धनको सरकार नबन्ने स्थितिको आंकलन उनको छ। त्यसो भएमा आफूलाई पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने उनको बुझाइ छ। यद्यपी उनले पत्रकारसँगको कुराकानीमा आफू बहुमतीय सरकारका लागिपनि तयार रहेको बताए।

अहिले परिस्थिति नमिलेर मात्र राजिनामा दिएको हुँ,उनले भने,‘अब दुई वा दुई भन्दा बढी दलहरु मिलेर बनाउन आह्वान भए सो अनुसार नभए ठूलो दलको हैसियत दुबैका लागि मेरो प्रयास रहन्छ।’

गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८(सभामुखसहित), राप्रपा २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेले आफ्नो पार्टी कांग्रेस सहित राप्रपाको २, दीपक मनाङे र माओवादीको गणना गरिँदै आएको तर नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गर्दै आएका छन्। बहुमत पु¥याउने पाण्डेकै दाबीमा विश्वास गर्दै मनाङे वर्तमान प्रदेश सरकारमा सहभागी छन्।

प्रकाशित: २१ चैत्र २०८० १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App