२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउन पहल सुरु

इजिप्ट सरकारले कुखरा र अण्डाको मूल्य घटाउने तयारी गरेको छ।

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमवार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउन पहल शुरु गरेका हुन्।

इजिप्टका कृषि र भूमिमन्त्रीले यो पहल राजनीतिक नेतृत्वको निर्देशनका साथै सरकारको पहल र वस्तुको मूल्य घटाउने प्रयासको प्रतिक्रियामा आएको बताए। यस पहलको फलस्वरूप, फार्ममा एक किलोग्राम कुखुराको मूल्य ८५ इजिप्टियन पाउण्ड र टेबुल अण्डाको डिब्बाको मूल्य १३५ पाउण्ड तोकिएको छ।

मन्त्रीले यी घोषित मूल्यबारे प्रकाश पार्दै उपभोक्तालाई कुखुराको लागि अधिकतम ९५ पाउण्ड र अण्डाको लागि १४५ पाउण्ड मूल्य निर्धारण गर्ने पुष्टि गरे।

प्रकाशित: २० चैत्र २०८० १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App