१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजीनामा नदिने मुडमा कर्णालीका मुख्यमन्त्री, सहमति विपरित विश्वासको मत लिँदै

केन्द्रमा भएको सहमति विपरित कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिएर विश्वासको मत लिने निर्णयले सत्ता गठबन्धन तरंगीत बनेको छ। शर्माले आज चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन्।

संसद बैठकः मन्त्रीहरूले जवाफ दिँदै, विषयगत समितिका सदस्य हेरफेर हुने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बस्ने छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको मुद्दा रोक्का

पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमवार रोकिदिएको छ।

जनार्दन शर्माले पदमा टिकाउन सक्लान् कर्णालीका मुख्यमन्त्रीलाई ?

केन्द्रमा भएको सहमति विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिएर विश्वासको मत लिने निर्णयले सिङ्गो राजनीति तरङ्गित बनेको छ। शर्माले मंगलबार चौथो पटक विश्वासको मत लिने निर्णय गरेका छन्।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मुस्किलले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुस्किलले विश्वासको मत प्राप्त गरेका छन्। १६ महिनाका अवधिमा तेस्रो पटक विश्वासको मत लिएका उनले सोमबार मुस्किलले विश्वासको मत प्राप्त गरेका हुन्।

समाजवादीकी सांसद नआइपुग्दा सुरु भएन बागमती प्रदेश सभा

नेकपा एकीकृत समाजवादीका सांसद समयमै उपस्थित नहुँदा बागमती प्रदेश सभा बैठक सुरु हुन सकेको छैन।

दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैनः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताएकी छिन्।

बागमतीमा नेकपा एससँग सहमति, विश्वासको मत लिँदै मुख्यमन्त्री

सत्तारुढ दलहरुबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्री शालिकराम जमकट्टेल विश्वासको मत लिन लागेका छन्।

केजरीवाललाई १५ दिन हिरासतमा राख्न अदालतको आदेश

भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिनसम्म हिरासतमा राख्न आदेश दिएको छ।

बजेट लेखन सुरु, अत्यावश्यकबाहेक भेटघाटमा नआउन मन्त्रालयको आग्रह

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ। मन्त्रालयले बजेट लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआउन आग्रह गरेको छ।

पूर्व प्रधानमन्त्री डा.भट्टराईले गरे आफैँलाई 'मुर्ख' करार

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक अवस्थालाई निरङ्कुश पञ्चायती कालरात्रीसँग तुलना गर्दै आफूलाई ‘मुर्ख’ करार गरेका छन्।

सप्ताहव्यापी चीन भ्रमण पछि आज स्वदेश फर्कदै उपप्रधानमन्त्री श्रेष्ठ

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन्।

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी गर्न शिक्षामन्त्रीको आग्रह

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित शिक्षा मन्त्रालयमा उजुरी गर्न आग्रह गरेकी छिन्।

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्