१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बागमतीमा नेकपा एससँग सहमति, विश्वासको मत लिँदै मुख्यमन्त्री

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीसँग सहमति जुटेको छ। सत्तारुढ दलहरुबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्री शालिकराम जमकट्टेल विश्वासको मत लिन लागेका छन्।

१ बजे बस्ने भनिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो। तर, नेकपा एसले विश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री दबाबमा थिए।

विश्वासको मत लिने प्रक्रिया अबको केहीबेरमा सुरु हुँदैछ।

हाम्रो नेपाली पार्टीका सांसद्लाई कुर्नुपरेको कारण ढिला भएको जानकारीमा आएको छ।

यसअघि नेकपा एसले यथास्थितीमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताउँदै आएको थियो।

केन्द्रमा सहमति बनेसँगै बागमतीमा विश्वासको मत दिने एसका संसदीय दलका नेता कृष्ण शर्मा खनालले बताए।

प्रकाशित: १९ चैत्र २०८० १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App