१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

समाजवादीकी सांसद नआइपुग्दा सुरु भएन बागमती प्रदेश सभा

नेकपा एकीकृत समाजवादीका सांसद समयमै उपस्थित नहुँदा बागमती प्रदेश सभा बैठक सुरु हुन सकेको छैन। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनार्थ दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक अझै सुरु हुन सकेन। 

नेकपा एकीकृत समाजवादीका सांसद रमा आले मगर बैठकमा नआएपछि बैठक बस्न नसकेको हो। गठबन्धनका नेताहरूले मन्त्री बनाउने आश्वासन दिएपछि उनी काठमाडौँबाट हेटौँडा आउँदै गरेको बताइएको छ।

आइतबारसम्म नेकपा एसले विश्वासको मत नदिने बताएकोमा अन्तिममा गठबन्धनमा भागबन्डा मिलेपछि विश्वासको मत दिन तयार भएको थियो। 

तर एसकै सांसद मगर बैठकमा सहभागी हुन नआएपछि बैठक बस्न नसकेको हो । उनले मन्त्री पद माग गरेको बताइएको छ। संसद् सचिवालयले सूचना टाँस गरेर बैठक ४ बजेसम्मका लागि स्थगित गरेको उल्लेख गरिएको भएता पनि सांसद अझै बैठक स्थल पुगेकी छैनन् । 

बागमती प्रदेश सभामा नेकपा समाजवादीका ७ जना सांसद छन्। विश्वासको मतका लागि  मुख्यमन्त्रीलाई ५६ सङ्ख्या आवश्यक छ। 

प्रकाशित: १९ चैत्र २०८० १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App