२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केजरीवाललाई १५ दिन हिरासतमा राख्न अदालतको आदेश

भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिनसम्म हिरासतमा राख्न आदेश दिएको छ।

रक्सी नीतिमा अनियमितता गरेको आरोपमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई राउज एभेन्यू कोर्टले १५ अप्रिलसम्म हिरासतमा राख्न आदेश दिएको हो।

यसअघि उनी प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए।

ईडीको हिरासतमा रहँदा मुख्यमन्त्री केजरीवालले सोधपुछको क्रममा सहयोग नगरेको बताइएको छ।

केजरीवाललाई दिल्ली सरकारको रक्सी नीतिसँग सम्बन्धित मनि लन्डरिङ्ग मामिलामा गत मार्च २१ म ईडीले उनकै निवासबाट पक्राउ गरेको थियो।

प्रकाशित: १९ चैत्र २०८० १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App